Saturday, April 20
Shadow

सुरक्षा ब्यबस्था कडाबीच पनि अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते


  • -इ
  • इ+

काठमाडौं , माघ ५ । अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा कयौं घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो ।

अमेरिकी अधिकारीहरुको अनुसार फिनिक्स शहरको एबेन्यु क्षेत्रमा केही समुहबीच झडप भएको खबरका बीच सुरक्षाकर्मी पुग्दा तीन जना गोली लागि ढलेको अवस्थामा भेटिएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेको छ । घटनाबारे अनुसन्धान थालिएको छ । घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरिएको छ ।-फाइलतस्बिर 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares