Wednesday, May 8
Shadow

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु


  • -इ
  • इ+

काठमाडौं, माघ ५ । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका-११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरमा गएराति ११ बजे बा४ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका- ४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका-८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् ।

मकवानपुर बाग्मती गाउँपालिकाकै २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares