Thursday, April 18
Shadow

संगठन विस्तारमा वैज्ञानिक समाजवादि कम्युनिष्ट पार्टी नेपाल,आकर्षित हुदै युवासमुह


  • -इ
  • इ+

काठमाण्डौं माघ,५

२०७८ मंसिरमा पहिलो महाविधेशनको तयारीमा जुटेको वैज्ञानिक समाजवादी पार्टी नेपाल यति बेला देश तथा प्रदेशमा आफ्नो संगठन निर्माणमा लागी परेको छ। कार्ल मार्क्सको दुई सयौँ शतवार्षिकीको विशेष सन्दर्भमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल गठनको पहल सुरु भएको घोषणा विज्ञप्तिमार्फत् गरिएको थियो ।

विश्व सर्वहारा(श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्र्सवादका प्रवर्तक काल माक्र्सको द्विशतवार्षिकीको विशेष सन्दर्भमा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माणको संगठित पहल सुरु भएर हाल नेपालका सातै वटा प्रदेश र प्रवासमा समेत संगठन निर्माण गर्ने काम तिब्र रुपमा भएको हो ।

हाल सम्म प्रवास अन्तर्गत कतार, यएई र कोरियामा संगठन निर्माण गरि सकिएको छ भने ईन्दीया, साउदी मलेसियामा गर्ने तयारी भैरहेको प्रगतिशील नेपाल समाज कतारका महासचिव दिपक चैतन्यले जानकारि दिनुभएको छ ।
त्यस्तै नेपालमा समेत संगठन बिस्तार तथा गठन गर्ने काम तिब्र रुपमा अगाढि बढेको छ , बितेको केहि महिना भित्रै सिता बराईलीको संयोजकमा प्रदेश नं. १ उपत्यका सम्पर्क समिति, रेखा विश्वकर्माको संयोजकत्वमा बाग्मती–बाग्मती उपत्यका सम्पर्क समिति, अग्रज परियारको संयोजकत्वमा कर्णाली उपत्यका सम्पर्क समिति र रुपा सुनारको संयोजकत्वमा गण्डकी–बाग्मती सम्पर्क समिति गठन गरिएको छ ।

प्रदेश नं. १ र प्रदेश नं.४ अन्तर्गत सम्पर्क समितिको भेलामा बोल्दै पार्टी संयोजक आहुतिले नेपाली समाज र नेपाली समाजको बर्ग जात व्यवस्थामा आधारित रहेको बताउँदै अबको क्रान्ति पुर्ण रुपमा जात व्यवस्था उन्मुलनमा केन्द्रित हुनुपर्ने जानकारि दिनुभएको छ । साथै नेपाली समाज जात व्यवस्थामा आधारित छ भनेर विश्लेषण गर्ने र जात व्यवस्था उन्मुलनको ठोस रणनीति निर्माण गरि कार्यान्वयनमा अगाडि बढ्ने पहिलो पार्टी नै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेको कारण वैज्ञानिक समाजवादी कम्युनिष्ट  पार्टी नेपालमा युवाहरुको आकर्षण ह्वाट्ट बढेको बताउनुभएको छ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपाल अन्तरगतको गण्डकी–बागमती प्रदेश सम्पर्क समिति र प्रदेश नम्बर १–बागमति प्रदेश सम्पर्क समिति गठन भेलामा नव गठित समितिलाई शुभकामना दिदै पार्टी संयोजक विश्वभक्त दुलाल (आहुति)ले अबको राजनितिक जिम्मेवारि युवाको काधमा भएकाले सम्पुर्ण युवापिढिलाई राजनितिमा हुमिन समेत आग्रह गर्नुभएको छ ।

उक्त भेलाले गण्डकी प्रदेश तर्फ जात व्यवस्था उन्मुलन मोर्चाको केन्द्रीय सदस्य रुपा सुनारको संयोजकत्वमा ६ सदस्य पछि मनोनित गर्ने गरि १५ सदस्यीय सम्पर्क समिति गठन गरेको छ । समितिमा संयोजक सुनार सहित विश्वदिप बसेल, कृष्ण काफ्ले, जसिन्द्र श्रीपाली, सपना गान्धारी गुरुङ, माधव छन्त्याल, सुरज विश्वकर्मा, बिबि थापा र सागर गान्धारी रहेका छन् ।
यस्तै, प्रदेश नम्बर १–बागमती प्रदेश सम्पर्क समितिमा मोर्चाकी केन्द्रिय सदस्य सिता बराईलीको सयोजकत्वमा एक सदस्य पछि मनोनित गर्ने गरि २१ सदस्यीय सम्पर्क समिति गठन भएको छ । जसमा संयोजक बराईली सहित देवी विक, सिता विश्वकर्मा ९सानु०, मनोज बराईली, उषा रसाईली, विनोद लाखे, रामकुमार नेपाली, सिखा सुन्दास, ध्रुब परियार, रेश्मा घिमिरे, सम्झना घिमिरे, मिना कार्की, चन्द्र मोते, नविन विश्वकर्मा, सुन्दर नेपाली, रञ्जिता खाती, रेनुका विक, नविन नेपाली, बलभद्र तामाङ, शंकर मोते रहेका छन् ।

जात व्यवस्था उन्मुलन मोर्चा बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको जनबर्गिय संगठन हो । हाल यस संगठनको अधिकांश जिल्लाहरुमा संगठन विस्तार भइसकेको छ । मोर्चाको उक्त भेला पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, केन्द्रीय सदस्यहरु नविन रिमाल, भुपाल साम्पाङ्ग, बुद्धिराम नेपाली र पार्टीका केन्द्रीय सदस्य एंव मोर्चाको बागमति उपत्यका सम्पर्क समितिका संयोजक महाविर विश्वकर्माको आतिथ्यतामा सम्पन्न भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares