Saturday, April 20
Shadow

नयाँ कोरोना भाइरसले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ


  • -इ
  • इ+

काठमाडौं, माघ ५ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ ।

कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ ।

नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ ।नयाँ प्रकारको भाइरसले अन्य प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।

नयाँ भाइरसमा देखिएको उत्परिवर्तनले यसका महत्त्वपूर्ण भागमा आमूल परिवर्तन ल्याइदिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares