काठमाडौं , माघ ५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको हो ।
निगमले पेट्रो, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रूबपैयाँका दरले मूल्य बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएका छन् ।
मुल्य बढेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९३ पुगेको छ ।
यसअघि पेट्रोल १०८ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९१ रहेको थियो ।