Friday, April 26
Shadow

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुर बि.क प्रहरि नियन्त्रणमा


  • -इ
  • इ+

काठमाण्डौं माघ,५

रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक रहेका छन् ।

कोटिहवामा अनुसन्धानको क्रममा होमबहादुरले आफ्नो अपराध स्वीकार गरेको उनको भनाइ छ । थापाका अनुसार माघे संक्रान्तिका दिन पसलमा जाँदै गरेकी बालिकालाई होमबहादुरले बाटोबाट झाडीतर्फ लगेर जबरजस्ती करणी गरेका थिए ।

बालिकालाई खोजी गर्ने क्रममा झाडीमा बेहोस अवस्थामा फेला पारिएको थियो ।
बालिकाको अहिले काठमाडौंमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको डीएसपी थापाले बताए । अभियुक्त होमबहादुर तिलोत्तमा नगरपालिका–१३ बभनीको पशु फार्ममा मजदुरी काम गर्दै आएका व्यक्ति हुन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares