Wednesday, August 12
Shadow

Author: Interview Nepal

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले भने,“प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।” अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विच...
“ लुरी ” बोलको लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

“ लुरी ” बोलको लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन
महेन्द्र अधिकारी , ललितपुर, माघ ५ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा केशब पाण्डे र सदाबहार गायिका गितादेबी को अर्को निकै राम्रो संभावना बोकेको गित “ लुरी ” डिजिटल बजारमा आएको छ । केशब पाण्डे र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको यस गितमा मदन थापाको शब्द, मुकुन्दराज सिम्ंखडा को लय रहेको छ । सो यो गितमा गुप्र स्वर कुमार भण्डारी र मुकुन्दराज सिम्ंखडा ले साथ दिएका छन् । केशब पाण्डे को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज बिष्णु ता...
भारतमा ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ट्रक र चालक प्रहरी नियन्त्रणमा

भारतमा ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ट्रक र चालक प्रहरी नियन्त्रणमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौं , माघ ६ । भारतको गुजरातस्थित सूरतमा ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । सोमबार राती फुटपाथमा सुतिरहेका मजदुरमाथि अनियन्त्रित ट्रक जोतिँदा १२ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमध्ये ९ जनाको पहिचान गरिएको छ । मृत्यु हुनेमा २ वर्षकी बालिका र एक वर्षका बालक पनि समावेश छन् । यस्तै ६ महिनाको बालिकाको भने ज्यान बचेको छ । उनी आमाबुवासँग सुतिरहेकी थिइन् । दुर्घटनापछि शवको बीचबाट बालिका रोएको आवाज सुनेर प्रहरीले उनलाई उद्दार गरी अस्पताल पुर्याएको छ । बालिकाका आमा–बुवाको मृत्यु भएको छ । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाउँदा ट्रक फुटपाथमा गुडेको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।...
भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा किचेर १३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा किचेर १३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ६ । भारतको गुजरातमा गएराति फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा १३ जनाको ज्यान गएको छ । सुरतस्थित कोसाम्बा भन्ने स्थानमा ट्रकले किचेर १३ मजदुरको मृत्यु भएको हो । त्यहाँको प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए । दुर्घटना सोमबार राति किम(मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक भएको हो । फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको थियो । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएको ट्रक मजदुर सुतिरहेको फुटपाथमा चढेको थियो।...
भारतमा कोरोना खोप लगाउँदा ५८० जना बिरामी, २ जनाको मृत्यु

भारतमा कोरोना खोप लगाउँदा ५८० जना बिरामी, २ जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ६ । भारतमा जारी कोरोनाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत तेस्रो दिन सोमबारसम्म ३ लाख ८१ हजार जनालाई खोप दिइएको छ । खोप लगाएकामध्ये अहिलेसम्म ५८० जनाको स्वास्थ्यमा असर देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये ७ जना अस्पताल भर्ना भएका छन् भने दुईजनाले ज्यान गुमाएका छन् । उपचाररत मध्ये ३ जना दिल्ली, दुईजना कर्नाटक तथा उत्तराखण्ड र छत्तीसगढमा एक–एक जना अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको हो।...
नेपालमा तीन जनामा नयाँ कोरोना पुष्टि भएपछि विज्ञहरूद्वारा सजग रहन आग्रह

नेपालमा तीन जनामा नयाँ कोरोना पुष्टि भएपछि विज्ञहरूद्वारा सजग रहन आग्रह

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ , माघ ६ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबाट तीन जना संक्रमित भएको पुष्टि भएपछि विज्ञहरूले थप स्वास्थ्य सतर्कतामा जोड दिएका छन् । नेपालमा सोमबार २८ वर्षीया एक महिला तथा ६७ र ३२ वर्षीय दुई पुरुषलाई नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। पौडेलले पछिल्लो समय विदेशबाट आउनेहरू कडा क्वारेन्टाइनमा बस्न आवश्यक रहेको बताए । ‘हाल मुलुकमा कोभिडको केस घट्दो देखिए पनि जनस्वास्थ्य मापदण्ड पहिलेभन्दा पनि कडाइका साथ पालना गर्नुपर्ने भएको छ,’ उनले भने । वरिष्ठ जनस्वास्थ्यविद् डा...
सम्झौता अवधि सकियो, तर उखु किसानको २२ करोड बक्यौता उठेन

सम्झौता अवधि सकियो, तर उखु किसानको २२ करोड बक्यौता उठेन

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ६ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय चिनी उद्योगीसँगको रायपछि २१ दिनभित्र उखु किसानको बक्यौता असुली गरिदिने समझदारी कार्यान्वयन गर्न चुकेको छ । मन्त्रालय र उखु किसानबीच भएको सम्झौता अनुसार सोमबारसम्म ६६ करोड रुपैयाँ बक्यौता उठ्नुपर्ने हो । तर, साँझसम्म करिब ४४ करोड रुपैयाँ मात्रै बक्यौता उठेको छ । उद्योग मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार ४३ करोड ९७ लाख रुपैयाँ उठेर थप रकमसमेत सरकारी नियन्त्रणमा आएको छ । उखु किसानका संरक्षक राकेश मिश्रले किसानको पैसा केही उठेर बाँकी रकम सरकारी नियन्त्रणमा रहेको जानकारी आएको बताए । ‘सरकारले तोकेको समयभित्र रकम उठाइदिन सकेन । यद्यपि, उठाउनुपर्ने रकम उद्योगीबाट जफत गरेर राखिएको छ भन्ने कुरा उद्योग मन्त्रालयले भनेको छ,’ मिश्रले भने, ‘तर, त्यसको भरपर्दो प्रमाण केही पाएका छैनौं । अहिलेसम्म कति किसानले रकम ...
पौडेललाई देउवाको प्रस्ताव : लचिलो भई दिनुस्, महाधिवेशन ढिला नगरौं

पौडेललाई देउवाको प्रस्ताव : लचिलो भई दिनुस्, महाधिवेशन ढिला नगरौं

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ ६ । पार्टीभित्रको आन्तरिक विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । पौडेललाई भेट्न देउवा बोहराटार पुगेका थिए । भेटमा देउवाले पौडेललाई पार्टीभित्रका विवादका विषयमा लचिलो भई दिन आग्रह गरेका छन् । सोमबार अपरान्ह पौडेल निवास बोहराटार पुगेका देउवा र पौडेलका बीच करिब डेढ घण्टासम्म समसामयिक राजनीतिक सन्दर्भ र पार्टीको आन्तरिक राजनीतिक विषयहरुमा छलफल भएको थियो । त्यसक्रममा देउवाले पार्टीभित्रका आन्तरिक विवादका विषयमा सहमतिको प्रस्ताव गरेका हुन् । देउवाले पार्टीको १४ औं महाधिवेशन धेरै ढिला गर्न नहुने भन्दै विवाद समाधानका लागि लचिलो भई दिन आग्रह गरेका छन् । भेटमा पार्टीका क्रियाशील सदस्यमाथिको विवाद छानविन गर्ने समितिको संयोजक रमेश लेखकलाई बनाउन प्रस्ताव गरेका छन् । ‘समसामयिक राजनीतिक विषयहरुमा छलफल भयो, पार्टीको आन्तरिक...
मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ६ । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाएको हो । सो विषयमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको छ । खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्...
आजको मौसमः पहाडी भेगमा वर्षाको पूर्वानुमान, तराईमा आज पनि बाक्लो हुस्सु

आजको मौसमः पहाडी भेगमा वर्षाको पूर्वानुमान, तराईमा आज पनि बाक्लो हुस्सु

ब्यानर समाचार, मौसम
काठमाडौँ, माघ ६ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ । आज राति प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू(भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्रकुहिरोसमेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान माघ ६ गते (मंगलबार) दिउँसो :  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। राति : ...