काठमाडौँ , माघ ५ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड(नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको छ ।
प्रचण्ड(नेपाल पक्षको माघ २ गते बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सो स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपानेलगायतका नेताहरु बालुवाटार पुगेर पत्र बुझाएका छन् । उनीहरुले गेटमै पत्र बुझाएर फर्किएको बताइएको छ ।