Tuesday, April 23
Shadow

“ लुरी ” बोलको लोकदोहोरी गित सार्वजनिक (भिडियोसहित)


  • -इ
  • इ+

महेन्द्र अधिकारी , ललितपुर, माघ ५ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

यसै सन्दर्भमा केशब पाण्डे र सदाबहार गायिका गितादेबी को अर्को निकै राम्रो संभावना बोकेको गित “ लुरी ” डिजिटल बजारमा आएको छ । केशब पाण्डे र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको यस गितमा मदन थापाको शब्द, मुकुन्दराज सिम्ंखडा को लय रहेको छ । सो यो गितमा गुप्र स्वर कुमार भण्डारी र मुकुन्दराज सिम्ंखडा ले साथ दिएका छन् ।

केशब पाण्डे को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज बिष्णु तामाङ् ले गरेका छन् ।
दिपक तामाङ् ले निर्देशन गरेको भिडियोलाई रोशन धितालको सम्पादन रहेको छ ।

“ लुरी ” बोलको म्युजिक भिडियोमा मना नेपाल ,पुरु सिग्देल, सृजना भट्टराई ,बिमल पाठक र अस्मिता ढकालको उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गीतको भिडियोलाई केशब पाण्डे को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares