Friday, April 26
Shadow

भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा किचेर १३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते


  • -इ
  • इ+

काठमाडौं , माघ ६ । भारतको गुजरातमा गएराति फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा १३ जनाको ज्यान गएको छ । सुरतस्थित कोसाम्बा भन्ने स्थानमा ट्रकले किचेर १३ मजदुरको मृत्यु भएको हो ।

त्यहाँको प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए ।

दुर्घटना सोमबार राति किम(मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक भएको हो । फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको थियो । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएको ट्रक मजदुर सुतिरहेको फुटपाथमा चढेको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares