Friday, March 29
Shadow

भारतमा ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ट्रक र चालक प्रहरी नियन्त्रणमा


  • -इ
  • इ+

काठमाडौं , माघ ६ । भारतको गुजरातस्थित सूरतमा ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । सोमबार राती फुटपाथमा सुतिरहेका मजदुरमाथि अनियन्त्रित ट्रक जोतिँदा १२ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृतकमध्ये ९ जनाको पहिचान गरिएको छ । मृत्यु हुनेमा २ वर्षकी बालिका र एक वर्षका बालक पनि समावेश छन् । यस्तै ६ महिनाको बालिकाको भने ज्यान बचेको छ । उनी आमाबुवासँग सुतिरहेकी थिइन् । दुर्घटनापछि शवको बीचबाट बालिका रोएको आवाज सुनेर प्रहरीले उनलाई उद्दार गरी अस्पताल पुर्याएको छ ।

बालिकाका आमा–बुवाको मृत्यु भएको छ । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाउँदा ट्रक फुटपाथमा गुडेको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares