Thursday, April 25
Shadow

भारतमा कोरोना खोप लगाउँदा ५८० जना बिरामी, २ जनाको मृत्यु


  • -इ
  • इ+

काठमाडौं , माघ ६ । भारतमा जारी कोरोनाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत तेस्रो दिन सोमबारसम्म ३ लाख ८१ हजार जनालाई खोप दिइएको छ ।

खोप लगाएकामध्ये अहिलेसम्म ५८० जनाको स्वास्थ्यमा असर देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये ७ जना अस्पताल भर्ना भएका छन् भने दुईजनाले ज्यान गुमाएका छन् ।

उपचाररत मध्ये ३ जना दिल्ली, दुईजना कर्नाटक तथा उत्तराखण्ड र छत्तीसगढमा एक–एक जना अस्पताल भर्ना भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको हो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares