Sunday, August 16
Shadow

Author: Interview Nepal

काठमाडौंको बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौंको बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ६ । बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीया रिता खड्गी रहेकी छन् । ना ७ ख २२०९ नम्बरको ट्याङ्करले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिँएको हो । गम्भिर घाइते भएकी उनको बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक श्रीमान जेन खड्गीको सामान्य घाइते छन् । ट्यांकर चालक बाराका जितपुर सिमरा घर भएका ३० वर्षीय सागर लम्साललाई पक्राउ गरिएको छ ।...
पानी कति र कसरी पिउने ? , ध्यान दिनुपर्ने यी १० कुरा

पानी कति र कसरी पिउने ? , ध्यान दिनुपर्ने यी १० कुरा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं, माघ ६ । पानी जीवनको लागि अत्यावश्यक चीज हो । आयुर्वेद र योगमा पानीलाई भोजनभन्दा पनि महत्वपूर्ण मानिन्छ । हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरको लागि पानीको आवश्यकता पर्छ । पानीलाई औषधीका रुपमा पनि प्रयोग गरिन्छ । पानी पिउने सही तरिका थाहा नपाउँदा यसले शरीरमा हानी पनि पु–याउनसक्छ । पानी पिउने सही समय र तरिका यस्ता छन् । १‍. एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन यसोगर्दा शरीरमा पाचनप्रक्रियामा खराबी आउनसक्छ । २. खाना खाएलगतै वा खाना खानु केही समयअघि पानी पिउनुहुँदैन । यसले शरीरको पाचनरसलाई असर गर्छ र कब्जियत ,अपच जस्ता समस्याहरु देखापर्नसक्छ । खाना खाएको दुईघण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ । ३.घामबाट र शौचालयबाट फर्केलगतै पानी पिउनु पनि स्वास्थ्यको लागि खराब मानिन्छ । ४. बिहान शौ...
ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको माधवकुमार नेपालको जिकिर

ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको माधवकुमार नेपालको जिकिर

मुख्य समाचार, राजनिती
काठमाण्डौ, माघ ६ । गएको पुस ५ गते प्रतिनिधि सभा विघटन भएयता सत्तारुढ नेकपा नै दुई समूहमा विभाजित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ भइरहेको छ । दुवै समुहले एकअर्का प्रति आरोप प्रत्यारोप लगाइरहेका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताएका छन् । मङ्गलवार आफू निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने औंल्याए । अध्यक्ष नेपालले आफू प्रचण्डको कार्यकर्ता भनि ओलीले गरेको टिप्पणीको जवाफ दिँदै ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको जिकिर गरे । एकीकरणपछि एमाले तथा ...
कोरोना प्रभावः देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने

कोरोना प्रभावः देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने

आर्थिक, मुख्य समाचार
काठमाडौं, माघ ६ । कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न रु छ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो । आयोगले आर्थिक वर्ष २०७६–७७ को तेस्रो चौमासिक अवधिमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव, यसले पुर्‍याएको क्षति विश्लेषण गर्दै राहत तथा पुनरुत्थान रणनीति तय गरेको छ । राहत तथा पुनरुत्थानका लागि अघि सारिएका पाँच रणनीतिमा सङ्क्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास र आत्मनिर्भरता अभिवृद्वि समेटेर पाँच प्रकारका रणनीति कार्यान्वयनका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन खण्डमा विभाजन गरिएको आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले जानकारी दिए । उनका अनुसार प्रत्येक रणनीतिको कार्यान्वयनका लागि अल्पकालीन ३...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

आर्थिक, ब्यानर समाचार 2, समाचार, समाज
  काठमाडौँ , माघ ६ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । “एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ”, उनले भने । अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए आन्दोलन गर्ने बताए । नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्...
संसद विघटन विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, बुधबार पुनः बहस हुने

संसद विघटन विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, बुधबार पुनः बहस हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ ६ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद विघटन सम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।मंगलबारको सुनुवाइमा धारणा राख्दै सहभागी अधिवक्ताहरुले वर्तमान संविधानमा संसद विघटनको व्यवस्था नभएको जिकिर गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबारदेखि संवैधानिक इजलासमै सुनुवाइ गर्ने आदेशसँगै बहस विषय केन्द्रित भएको हो । तेस्रो दिनमा आज पाँच अधिवक्ताले बहस गरेका हुन । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क राखेका थिए । बुधबार पुनः बहस गर्नेछन ।संसद विघटन सम्बन्धी सो मुद्दाको सुनुवाई बुधबार पनि निरन्तर हुनेछ।रिट निवेदकका तर्फबाट ३१०...
सुनसरीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते, चालक फरार

सुनसरीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते, चालक फरार

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौँ, माघ ६ । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजविराज–१ का २२ वर्षीय शङ्कर यादव र एक जना महिलाको सनाखत हुन बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । दुर्घटनामा मोरङ विराटनगर–१४ का ५२ वर्षीय जयनारायण यादव, सप्तरी मान्सापुर नगरपालिकाका ६० वर्षीय इन्द्रकलादेवी सिंह, राजविराज–७ का १४ वर्षीय नीरज यादव, इनरुवा–८ का ५२ वर्षीय चन्द्र मेहता, राजविराज–७ का ३८ वर्षीय सुरेश मण्डल, भोक्राहानसिंङ–३ का १९ वर्षीय प्रशान्त यादव, बराहक्षेत्र–१० का २३ वर्षीय भरत यादव, इनरुवा–८ का ५२ वर्षीया शान्ति मेहता, इनरुवा–३ का ३० वर्षीय मनोज अधिकारी र २२ वर्षीया प्रशंसा सुवेदी रहेको प्रहरी ...
नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ ६ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो । नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान हुन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । निगमको ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान भर्नेछ । कोभिड–१९ का कारण मकाउमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्काउन निगमको जहाजले चार्टर्ड उडान गर्न लागेको हो । निगमका अनुसार आज राति ११स्३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मकाउका लागि जहाज उड्ने र बुधबार बिहान १०स्५० बजे काठमाडौँ अवतरण गर्नेछ । मकाउबाट दुई बच्चासहित १४५ यात्रु नेपाल फर्कने छ...
प्रधानमन्त्री कपमा कर्णालीले हात पार्‍यो पहिलो जित

प्रधानमन्त्री कपमा कर्णालीले हात पार्‍यो पहिलो जित

खेलकुद, ब्यानर समाचार 2
काठमाडौं , माघ ६ । कर्णाली प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलवार गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित हात पारेको हो । जितसँगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ ।...
डब्लूएचओद्वारा १३ देश कोरोनामुक्त भएको घोषणा

डब्लूएचओद्वारा १३ देश कोरोनामुक्त भएको घोषणा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ६ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आफ्नो साप्ताहिक रिपोर्टमार्फत विश्वका १३ देश र टापु कोरोनामुक्त भइसकेको घोषणा गरेको छ । विश्वका धेरै देशमा कोरोना संक्रमण रोकथामका लागि खोप लगाउन शुरु भइसकेको छ । तर त्यहाँ सावधानी अझै आवश्यक छ । कोरोनमुक्त भएका देश कुन–कुन भन्ने चाहिँ समाचारमा उल्लेख गरिएको छैन । तर चिन्ताको विषय के हो भने विश्वका १३१ मुलुकमा कोरोना संक्रमण समुदायस्तरमा फैलिरहेको छ । जसमा अमेरिका, पाकिस्तान, ब्राजिल, फ्रान्सजस्ता ठूला देश पर्छन् । भारत अहिलेसम्म क्लस्टर तहसम्म संक्रमण फैलिएको मुलुकमा पर्छ । यसको अर्थ अब भारतमा पनि समुदायस्तमा संक्रमण फैलिने चरणमा छ । एजेन्सी...