Tuesday, April 16
Shadow

पानी कति र कसरी पिउने ? , ध्यान दिनुपर्ने यी १० कुरा


  • -इ
  • इ+

काठमाडौं, माघ ६ । पानी जीवनको लागि अत्यावश्यक चीज हो । आयुर्वेद र योगमा पानीलाई भोजनभन्दा पनि महत्वपूर्ण मानिन्छ ।

हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरको लागि पानीको आवश्यकता पर्छ । पानीलाई औषधीका रुपमा पनि प्रयोग गरिन्छ ।

पानी पिउने सही तरिका थाहा नपाउँदा यसले शरीरमा हानी पनि पु–याउनसक्छ ।

पानी पिउने सही समय र तरिका यस्ता छन् ।

१‍. एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन यसोगर्दा शरीरमा पाचनप्रक्रियामा खराबी आउनसक्छ ।

२. खाना खाएलगतै वा खाना खानु केही समयअघि पानी पिउनुहुँदैन । यसले शरीरको पाचनरसलाई असर गर्छ र कब्जियत ,अपच जस्ता समस्याहरु देखापर्नसक्छ । खाना खाएको दुईघण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ ।

३.घामबाट र शौचालयबाट फर्केलगतै पानी पिउनु पनि स्वास्थ्यको लागि खराब मानिन्छ ।

४. बिहान शौचालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । धेरै चिसो पानी शरीरमा पचाउन गाह्रो हुने र तातो पानी चाँडै पच्ने गर्छ । त्यसैले विरामीलाई तातो पानी खुवाउनु पर्छ ।

५. पानी प्यास लाग्यो भनेर हतारिँदै पानी पिउनु हुँदैन । पानी पिउँदा उभिएर पानी पिउनुहुँदैन यसले घुँडामा समस्या हुनसक्छ । त्यसैैले पानी पिउँदाखेरि जहिलेपनि बसेर मात्रै पानी पिउनुपर्छ ।

६.खाली पेटमा प्यास लागेमा केही चीज खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ ।

७. राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।

८. पानी पिएलगतै दौडिने वा खेल्ने गर्नुहुँदैन ।

९. पानी पिउँदा निकै तनावमा पिउनु राम्रो मानिँदैन,शान्त भएर पानी पिउनु नै राम्रो हुन्छ ।

१०. पानी पिउँदा कहिलेपनि सुतेर पिउनु हुँदैन । र, अँध्यारो समयमा पनि पानी पिउनुहुँदैन । पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ ।

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares