Friday, April 26
Shadow

डब्लूएचओद्वारा १३ देश कोरोनामुक्त भएको घोषणा


  • -इ
  • इ+

काठमाडौं, माघ ६ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आफ्नो साप्ताहिक रिपोर्टमार्फत विश्वका १३ देश र टापु कोरोनामुक्त भइसकेको घोषणा गरेको छ । विश्वका धेरै देशमा कोरोना संक्रमण रोकथामका लागि खोप लगाउन शुरु भइसकेको छ ।

तर त्यहाँ सावधानी अझै आवश्यक छ । कोरोनमुक्त भएका देश कुन–कुन भन्ने चाहिँ समाचारमा उल्लेख गरिएको छैन । तर चिन्ताको विषय के हो भने विश्वका १३१ मुलुकमा कोरोना संक्रमण समुदायस्तरमा फैलिरहेको छ ।

जसमा अमेरिका, पाकिस्तान, ब्राजिल, फ्रान्सजस्ता ठूला देश पर्छन् । भारत अहिलेसम्म क्लस्टर तहसम्म संक्रमण फैलिएको मुलुकमा पर्छ । यसको अर्थ अब भारतमा पनि समुदायस्तमा संक्रमण फैलिने चरणमा छ । एजेन्सी

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares