Sunday, August 16
Shadow

Author: Interview Nepal

जब १५ वर्षीया किशोरी र ४३ वर्षीय पुरुषबीच विवाह हुँदै गर्दा प्रहरी पुग्यो…..

जब १५ वर्षीया किशोरी र ४३ वर्षीय पुरुषबीच विवाह हुँदै गर्दा प्रहरी पुग्यो…..

अचम्मका कुरा, समाचार, समाज
सप्तरी, माघ ७ । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हो । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र विवाहका लागि तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका(३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो । स्थानीयवासीका अनुसार १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच विवाहका लागि रामेश्वरले छलफल चलाएका थिए । बालविवाहसम्बन्धी छलफल भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको वडाध्यक्ष यादवले बताए । बालिकाका बुवाले दोस्रो विवाह...
चीनतर्फको व्यापारमा पुनर्विचार गर्नुपर्ने अवस्था आयो :  उद्योगमन्त्री भट्ट

चीनतर्फको व्यापारमा पुनर्विचार गर्नुपर्ने अवस्था आयो : उद्योगमन्त्री भट्ट

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ ७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनतर्फको व्यापारमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताएका छन् । चीनले एक वर्षदेखि स्थलमार्गबाट हुने आयात–निर्यात रोकेको भन्दै मन्त्री भट्टले चीनसँगको व्यापारमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् । कोभिड–१९ लाई कारण देखाउँदै चीनले एक वर्षदेखि रसुवा र तातोपानी नाका आंशिक र एकतर्फी मात्रै सञ्चालन गर्दै आएको छ। सोही कारण उनले ‘चीनसँग व्यापार नै गर्ने कि नगर्ने’ भनेर पुनर्विचार गर्नुपर्ने बताएका हुन्। चीनले दुवै नाकाबाट दैनिक ४–५ कन्टेनर सामग्री मात्रै छाड्दै आएको छ। निर्यात भने पूर्ण रूपमा रोकेको छ। नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टले चीनसँग जोडिएका नाकाबाट एक वर्षदेखि आयात आंशिक मात्रै हुन सकेको र निर्यात पूर्ण रूपमा रोकिएकोप्रति असन्तुष्टि प्रकट गरेका हुन्। ‘ची...
पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

मुख्य समाचार, स्वास्थ्य
काठमाडौं , माघ ७ । पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ तर अध्ययनले पुरुषमा पनि बढ्दै गएको देखाएको छ । अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा। उत्सवमान श्रेष्ठले महिलाको तुलानामा पुरुषमा स्तन क्यान्सर अत्यन्तै कम पाइने भए पनि पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको सङ्ख्या बढ्दै गएको बताए । उहाँका अनुसार स्तनमा भएका कोषिकाले हार्मोन ग्रहण गर्ने प्रक्रियामा गडबडी भयो भने स्तन क्यान्सर हुन्छ । महिलामा हुने एस्ट्रोजेन हार्मोनका कारण पनि स्तन क्यान्सर हुन्छ । अर्का अन्कोलोजिस्ट डा। अरुण शाहले महिलालाई बढी हुने भए पनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा कम नभएको बताए । उनका अनुसार पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ भन्ने जानकारी नहुँदा अन्तिम अवस्थामा यस रोगको परीक्षण गराउँछ...
चितवनमा बस र ट्रक एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

चितवनमा बस र ट्रक एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ७ । पूर्वी चितवनको राप्ती नगरपालिका-५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नंको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नंको ट्रक आपसमा ठक्कर खाएको थियो । ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट चपुर(४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका(२३ का सुनीलकुमार साह घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम ...
अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै दिनुपर्ने

अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै दिनुपर्ने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ७ । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी घरमा राखेमा उनीहरूको तलबलगायतका सेवा–सुविधा सम्बन्धित व्यक्तिले नै व्यहोर्नु पर्नेछ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा अनावश्यक सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्ने उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो । सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले कायविधि गोप्य राखेको छ । व्यक्तिगत सुरक्षाका नाममा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजारभन्दा धेरै सुरक्षाकर्मीको दुरुपयोग भइरहेको गृह मन्त्रालयको आकलन छ । ‘विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा केही हेरफेर भएको छ,’ गृह मन्त्रालयका प्रव...
महिला लिग आजबाट सुरु हुँदै , पहिलो खेलमा आर्मी र पुलिस भिड्ने

महिला लिग आजबाट सुरु हुँदै , पहिलो खेलमा आर्मी र पुलिस भिड्ने

खेलकुद, मुख्य समाचार
काठमाडौं , माघ ७ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन । पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागेको महिला लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई निशुल्क प्रवेशको सुविधा दिएको छ । उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ । यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन । प्रतियोगितोको विजेता टोलीले १० लाख प्राप्त गर्दा दोस्रोले ८ लाख , तेस्रोले ५ लाख , तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताको सर...
अमेरिकाका ४६औं राष्ट्रपति बाइडेनको शपथ आज, सुरक्षा व्यवस्था निकै कडा

अमेरिकाका ४६औं राष्ट्रपति बाइडेनको शपथ आज, सुरक्षा व्यवस्था निकै कडा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौं , माघ ७ । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ लिन लागेका हुन् । राष्ट्रपति निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस दुवै जना राजनीतिक परेडजस्तो देखिने सत्तारोहण समारोहमा शपथग्रहण गरेर मात्र ह्वाइट हाउस प्रवेश गर्दैैछन् । अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्यूरेशन भनिन्छ । उक्त समारोह राजधानी यो वाशिङ्टन डीसीमा आयोजना हुन्छ । त्यसमा राष्ट्रपति निर्वाचितले पदको शपथको बेहोरा वाचन गर्छन् । संविधानको रक्षा गर्ने प्रतिबद्धता समेटिएको शपथ लिएपछि जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन् । सत्तारोहण समारोह त्यतिमै समापन हुने भए पनि केही समय त्यहाँ अरू कार्यक्...
आजको मौसम :  तीन प्रदेशमा आंशिकदेखि सामान्य बदली, कुन ठाउँमा कस्तो ?

आजको मौसम : तीन प्रदेशमा आंशिकदेखि सामान्य बदली, कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, माघ ७ । आज देशभरको मौसममा आंकदेखि सामान्य बदली रहनेछ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले मौसममा बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै देशका पहाडी भुभागका केही स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागिरहेको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू(भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज रातिस् प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बा...
नेपालसहित छिमेकी देशलाई आजबाट खोप उपलब्ध गराउँदै भारत

नेपालसहित छिमेकी देशलाई आजबाट खोप उपलब्ध गराउँदै भारत

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ७ । भारतले नेपाललाई कोभिड-१९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप आजबाट खोप उपलब्ध गराउने घोषणा गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न नेपाल, भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ । तर नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ खुलिसकेको छैन । अघिल्लो साता औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको ‘कोभिशिल्ड’ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । औपचारिक जानकारी दिन पत्रकार सम्मेलन भारतले दिन लागेको खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । आज दिउँसो स्वास्थ्यमन्त्री र भ...
भ्रष्टाचारको अभियोगमा अध्यक्षसहित तीन विरुद्ध मुद्दा दर्ता

भ्रष्टाचारको अभियोगमा अध्यक्षसहित तीन विरुद्ध मुद्दा दर्ता

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको अभियोगमा पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार पाँचखाल नगरपालिका–४ तामाघाटमा रहेको मसला बाली विकास केन्द्रको स्वामित्वको सात रोपनी जमीनमा नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको पाइएको छ । कृषि बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठ, कोषाध्यक्ष दिनेश अधिकारीको मिलेमतोमा समितिको खातामा रहेको रु १४ लाख ४४ हजार १९९ रकममध्ये रु १४ लाख ३८ हजार ५०० बराबरको रकम आफूखुशी झिकेर हिनामिना गरेको पाइएको छ । आयोगले समितिका अध्यक्ष र कोषाध्यक्षसहित कृषि बजारको लेखापरीक्षणले गलत प्रतिवेदन दिएको भन्दै कारवाहीको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले अध्...