Saturday, October 31
Shadow

Author: Interview Nepal

मर्स्याङ्दी नदीमा ट्रक खस्दा एक नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु , ५ घाइते

मर्स्याङ्दी नदीमा ट्रक खस्दा एक नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु , ५ घाइते

दुर्घटना, मुख्य समाचार
काठमाडौं, चैत ७ । मनाङको नासों गाउँपालिका-३ मा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ट्रक मर्स्याङ्दी नदीमा खस्दा ट्रकका चालक, सहचालकसहित अन्य ५ जना घाइते भएका छन् । ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटनामा परी नासों गाउँपालिका–४ ओडारका ३५ वर्षीया मनिषा गुरुङ, उनकी बहिनी २६ वर्षीया जलकाशी गुरुङ र मनिषाको छोरा अन्दाजी ६ वर्षीय लिउन गुरुङको मृत्यु भएको मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । शनिबार दिउँसो साँढे ३ बजेतिर दुर्घटनामा परेको ट्रकले सिमेन्ट बोकेर मनाङका लागि छुटेको थियो । उकालोमा अनियन्त्रित भई ट्रक ४० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक सुमन तामाङ, सहचाहक लक्ष्मण नेपाल, नासों गाउँपालिका ४ का अन्दाजी ६ बर्षीय थिउन गुरुङ, सोही वडाका अन्दाजी ६र७ वर्षीय निहल गुरुङ र चामे गाउँपालिका ४ ओडार...
श्रीलङ्‍कामा भयानक बस दुर्घटना , कम्तीमा १४ को मृत्यु, ३० भन्दा बढी घाइते

श्रीलङ्‍कामा भयानक बस दुर्घटना , कम्तीमा १४ को मृत्यु, ३० भन्दा बढी घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, चैत ७ । श्रीलङ्‍काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला(बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन्। प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापरवाहीका कारण बस दुर्घटना भएको हो। मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। श्रीलङ्‍कामा कमजोर सडक संरचना, पूराना सवारीसाधन, चालकको लापरवाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन्।...
हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा, हात पार्यो १० लाख रुपैयाँ

हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा, हात पार्यो १० लाख रुपैयाँ

खेलकुद
काठमाडौं, चैत ७ । स्थानीय तह सहिद स्मृति गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ लाई १-० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीले १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ । रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ ले उपविजेता बन्दै पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो ।प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ का फरवार्ड अमीर श्रेष्ठले बुलेट बाइक हात पारे । आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दी म्याच बुढाथोकी घोषित भए । प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुरका अञ्जन विष्ट घोषित भए भने उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने, उत्कृष्ट डिफेन्स दिपक गुरुङ, मिडफिल्डर सेसेहाङ आङदेवे र गोलकिपर विवश चौधरी त्रिभुवन आर्मीब...
चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले यस्तो निर्देशन दिएका हुन् । कांग्रेसलाई सरकारको लोभ नभएको तर प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने उनले बताए । अबको २० महिनापछि नियमित चुनाव हुने भन्दै उक्त चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्री सहित पूर्णरूपमा कांग्रेसको सरकार चलाउने देउवाको दावी छ । जनताको दुःखसुखमा साथ दिएमात्रै कांग्रेसको पक्षमा मत आउने बताउँदै उनले कम्तीमा पनि वर्षको तीनपटक जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । देउवाले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन निर्देशन दिए । तरुण विना कांग्रेस बलियो नहुने भएकाले यसको नेतृत्वलाई प...
२० वर्ष उमेरको हुँदा भारतमा जेल परेका दुर्गाप्रसाद ६१ वर्षमा जेलमुक्त भए

२० वर्ष उमेरको हुँदा भारतमा जेल परेका दुर्गाप्रसाद ६१ वर्षमा जेलमुक्त भए

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ७ । ४१ वर्षको जेल जीवन विताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार दिउँसो जेलबाट छुटेका छन्। उनी शनिबार जेलबाट छुटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। इलाम माइ नगरपालिका लुम्बकका उनी शनिबार थुनामुक्त भएका हुन्। पश्चिम बंगालको कोलकतास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त भएका छन्। शारीरिक र मानसिक रुपमा कमजोर उनी आइतबार नेपाल पुग्ने बताइएको छ। उनले हरेक ६ महिनामा मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ। महावाणिज्य दूतावासले पुनः अदालतलाई जानकारी गराउने छ। उनको मानशिक अवस्था सन्तुलनमा नरहेको समाचारमा उल्लेख छ। २० वर्षको उमेरमा जेल परेका उनले ६१ वर्षको उमेरमा जेलबाट छुट्दै गर्दा आफू निर्दोष भएको प्रतिक्रिया दिएका छन्। उनी सन् १९८० मा एक जना महिलाको हत्या आरोपमा जेल चलान भएका थिए।...
टिपरको ठक्करबाट महिलाको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

टिपरको ठक्करबाट महिलाको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
भक्तपुर, चैत ७ । भक्तपुरको चित्तपोलमा आज टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकबाट चित्तपोलतर्फ जाने भित्री सडकमा बा४ख ९८१० नंको टिपरले मे८प ८३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो । टिपरको ठक्करबाट घाइते भएकी सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–११ घर भई हाल काठमाडाँै हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइते कार्कीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । सो घटनामा मृतकका छोरा मोटरसाइकल चालक ३४ वर्षीय प्रकाश कार्की सकुसल रहेको प्रनाउ गिरीले बताए । घाइते महिलालाई नलिञ्चोकस्थित प्रहरीको प्रहरी सहायक...
सरकार टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

सरकार टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ७ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकार टिकाइराख्न कुनै पक्षसँग पनि अनुचित सम्झौता नगर्ने बताएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता ज्ञवालीले भने, ुसरकार टिकाउन अनुचित सम्झौता गर्ने छैनौं, जनताको भावनाको विपरीतका काम गर्ने छैनौं । हामीलाई फेरि थप घेराबन्दी गरियो भने थप शक्तिका साथ पुनःस्थापित हुनेछौं । प्रवक्ता ज्ञवालीले फागुन २३ गते नेकपाको वैधानिकताबारे सर्वोच्चले फैसला सुनाएपछि सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिमको भएको बताए । आगामी दिनमा सोहीअनुसार अगाडि बढ्ने कुरा प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेको पनि उल्लेख गरेको ज्ञवालीको भना...
नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत ७ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधव कुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी हित विपरित काम गरेको भन्दै पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे, र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । चारै नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीले बताए ।  ...
थप ७९ जनामा कोरोना पुष्टि, , ८२ जना संक्रमण मुक्त, मृत्यु कति ?

थप ७९ जनामा कोरोना पुष्टि, , ८२ जना संक्रमण मुक्त, मृत्यु कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , चैत ७ । नेपालमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७९ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ७५ हजार ८२९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९९८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार ८१५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६३७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ३३ हजार ३४५ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ४७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ पुगेको ...
आज देशभर बदली: वर्षाको सम्भावना , कुन ठाउँमा कस्तो ?

आज देशभर बदली: वर्षाको सम्भावना , कुन ठाउँमा कस्तो ?

मुख्य समाचार, मौसम
काठमाडौँ , चैत ७ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थान र प्रदेश २ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । यस्तै राति प्रदेश १ को पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । यसैबिच देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।...