Wednesday, May 1
Shadow

श्रीलङ्‍कामा भयानक बस दुर्घटना , कम्तीमा १४ को मृत्यु, ३० भन्दा बढी घाइते


  • -इ
  • इ+

काठमाडौं, चैत ७ । श्रीलङ्‍काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला(बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन्।

प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापरवाहीका कारण बस दुर्घटना भएको हो। मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन्।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

श्रीलङ्‍कामा कमजोर सडक संरचना, पूराना सवारीसाधन, चालकको लापरवाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares