Thursday, March 28
Shadow

चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन


  • -इ
  • इ+

काठमाडौं, चैत ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले यस्तो निर्देशन दिएका हुन् । कांग्रेसलाई सरकारको लोभ नभएको तर प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने उनले बताए ।

अबको २० महिनापछि नियमित चुनाव हुने भन्दै उक्त चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्री सहित पूर्णरूपमा कांग्रेसको सरकार चलाउने देउवाको दावी छ । जनताको दुःखसुखमा साथ दिएमात्रै कांग्रेसको पक्षमा मत आउने बताउँदै उनले कम्तीमा पनि वर्षको तीनपटक जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

देउवाले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन निर्देशन दिए । तरुण विना कांग्रेस बलियो नहुने भएकाले यसको नेतृत्वलाई पूर्णता दिने गरी आफूले काम गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै सहमहामन्त्री डा प्रकाश शरण महतले अंकगणितले मात्रै सरकार बन्ने भएकाले अहिले कांग्रेसको संसदमा प्रतिनिधित्व कम रहेकाले सरकारमा जाने भन्दा चुनावमा केन्द्रीत हुनुपर्ने औंल्याए । कम्युनिष्टले जनतालाई धोका र सपना मात्रै बाँडेको भन्दै यही मौकामा कांग्रेसले जनताको मत जितेर सबै एक ढिक्का भइ बहुमत प्राप्त गर्नेगरी लाग्नुपर्ने बताए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares