Saturday, April 20
Shadow

टिपरको ठक्करबाट महिलाको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा


  • -इ
  • इ+

भक्तपुर, चैत ७ । भक्तपुरको चित्तपोलमा आज टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकबाट चित्तपोलतर्फ जाने भित्री सडकमा बा४ख ९८१० नंको टिपरले मे८प ८३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट घाइते भएकी सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–११ घर भई हाल काठमाडाँै हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइते कार्कीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

सो घटनामा मृतकका छोरा मोटरसाइकल चालक ३४ वर्षीय प्रकाश कार्की सकुसल रहेको प्रनाउ गिरीले बताए । घाइते महिलालाई नलिञ्चोकस्थित प्रहरीको प्रहरी सहायक निरीक्षक रवीन्द्र थापा नेतृत्वको सिआरभी टोलीले उद्धार गरी अस्पताल लगिएको थियो ।

प्रहरीले घटनामा संलग्न दुवै सवारी साधन र टिपरका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ बस्ने २३ वर्षीय सुनिल तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares