Saturday, April 20
Shadow

२० वर्ष उमेरको हुँदा भारतमा जेल परेका दुर्गाप्रसाद ६१ वर्षमा जेलमुक्त भए


  • -इ
  • इ+

काठमाडौं, चैत ७ । ४१ वर्षको जेल जीवन विताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार दिउँसो जेलबाट छुटेका छन्। उनी शनिबार जेलबाट छुटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। इलाम माइ नगरपालिका लुम्बकका उनी शनिबार थुनामुक्त भएका हुन्। पश्चिम बंगालको कोलकतास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त भएका छन्।

शारीरिक र मानसिक रुपमा कमजोर उनी आइतबार नेपाल पुग्ने बताइएको छ। उनले हरेक ६ महिनामा मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ। महावाणिज्य दूतावासले पुनः अदालतलाई जानकारी गराउने छ। उनको मानशिक अवस्था सन्तुलनमा नरहेको समाचारमा उल्लेख छ।

२० वर्षको उमेरमा जेल परेका उनले ६१ वर्षको उमेरमा जेलबाट छुट्दै गर्दा आफू निर्दोष भएको प्रतिक्रिया दिएका छन्। उनी सन् १९८० मा एक जना महिलाको हत्या आरोपमा जेल चलान भएका थिए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares