Friday, April 26
Shadow

हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा, हात पार्यो १० लाख रुपैयाँ


  • -इ
  • इ+

काठमाडौं, चैत ७ । स्थानीय तह सहिद स्मृति गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ लाई १-० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीले १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ । रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ ले उपविजेता बन्दै पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो ।प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ का फरवार्ड अमीर श्रेष्ठले बुलेट बाइक हात पारे ।

आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दी म्याच बुढाथोकी घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुरका अञ्जन विष्ट घोषित भए भने उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने, उत्कृष्ट डिफेन्स दिपक गुरुङ, मिडफिल्डर सेसेहाङ आङदेवे र गोलकिपर विवश चौधरी त्रिभुवन आर्मीबाट घोषित भए ।

विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares