Saturday, October 31
Shadow

Author: Interview Nepal

भारतमा कोरोना सङ्क्रमणको जोखिम पुनः बढेपछि सुदूरपश्चिमका सीमामा उच्च सतर्कता

भारतमा कोरोना सङ्क्रमणको जोखिम पुनः बढेपछि सुदूरपश्चिमका सीमामा उच्च सतर्कता

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत ९ । छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । “भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ”, महाशाखाका प्...
काँग्रेसको पदाधिकारी बैठक बस्दै

काँग्रेसको पदाधिकारी बैठक बस्दै

मुख्य समाचार, राजनिती
काठमाडौं , चैत ९ । नेपाली काँग्रेसको पार्टी पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यँलय सानेपामा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।बैठकमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार गठनसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ । बैठकमा ओलीको विकल्पमा कांग्रेस नेतृत्व सरकार गठनका विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग भइरहेको छलफल र आगामी दिनमा अपनाउने रणनीतिका विषयमा छलफल हुनेछ । लोकसेवा आयोगको रिक्त पदाधिकारी नियुक्ति, सदस्यता नविकरण र नयाँ वितरणको अहिलेसम्मको अवस्था, विवादित जिल्लाका विषयमा पनि बैठकले सैद्धान्तिक निर्णय लिनेछ । साथै, बुथ समितिको निर्वाचनका विषयमा विधानमा रहेको विद्यामान व्यवस्थालाई निलम्बन गर्ने विषयमा पनि बैठक कुरा हुनेछ । कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले पार्टीको महाधिवेशनसहित समसामयिक विषयमा छलफल ग...
राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, विभिन्‍न सम्झौता हुने

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, विभिन्‍न सम्झौता हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८: ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीको बिदाइका लागि विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी पुगेका थिए । भण्डारीले विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीका अवसर पारेर बंगलादेश गएकी हुन् । नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण हुन ...
गायक अशिम कुमार कटुवालको स्वर,शब्द र भाईरल मेनुका परियारको ‘लेकमा भेडि’

गायक अशिम कुमार कटुवालको स्वर,शब्द र भाईरल मेनुका परियारको ‘लेकमा भेडि’

मनोरञ्जन
महेन्द्र अधिकारी ,ललितपुर, चैत्र ९ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा मैलिक लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि भाइरल गायिका मेनुका परियार र गायक अशिम कुमार कटुवालको सुमधुर स्वरमा “लेकमा भेडि” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपाली लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सा...
आजको मौसम पूर्वानुमानः यी स्थानमा छ वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमानः यी स्थानमा छ वर्षाको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौं , चैत ९ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। यस्तै, महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यता, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रहि देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कर्णाली प्रदेश र सुदू...
सरकारको नेतृत्व लिन देउवालाई पौडेल पक्षले दबाब दिने

सरकारको नेतृत्व लिन देउवालाई पौडेल पक्षले दबाब दिने

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ९ । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी हुन पुगेको निष्कर्ष निकालेको छ । पौडेल पक्षका शीर्ष तहका नेताहरुको आइतबार भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० को गठबन्धन सरकार निर्माणका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ । प्रधानमन्त्रीका लागि पार्टीले यसअघि नै संसदीय दलका नेतासमेत रहेका देउवाका नाममा सर्वसम्मतिबाट निर्णय लिइसकेको छ । तर देउवाले आफ्नै नेतृत्वको सरकार बनाउन पहल नगरेपछि पौडेल सशंकित बनेका छन् । बोहोराटारस्थित पौडेल निवासमा भएको छलफलमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निरंकुश शासन सत्ताको अभ्यास गरिरहेकाले उनको डिजाइनमा पार्टी फस्न नहुने निष्कर्ष निकालिएको थियो । पौडेल पक्षले सोमबार हुने पार्टी पदाधिकारी र पूर्वप...
सत्ता टिकाउने ओली रणनीतिः सांसदमाथि कारबाहीको आतंक

सत्ता टिकाउने ओली रणनीतिः सांसदमाथि कारबाहीको आतंक

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ९ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ। एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन्। ओलीले कारबाही त गर्न सक्दैनन् तर कारबाही गर्छु भन्नु नै एक प्रकारको आतंक हो’, स्रोतले भन्यो, ‘यसरी आतंकित पारेर पार्टी कब्जा गर्न खोज्नु सकारात्मक पक्ष होइन।’ पार्टीमा ओलीको कार्यशैली र प्रवृत्तिविरुद्ध संघर्ष गर्दै आएका माधवकुमार नेपाल समूहका एक नेताले भने, ‘अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जे पनि गर्न सक्ने वातावरण तयार पारेका छन्। उनले के गर्छन् त्यो कसैलाई थाहा छैन। उनले जे चाहन्छन् त्यो हुनेछ तर त्यसले अन्तिममा कम्युनिस्ट आन्दोलन समाप्त गर्छ।’ ओलीले आफूसँग ...
राष्ट्रपति भण्डारी आज बंगलादेशको राजकीय भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम

राष्ट्रपति भण्डारी आज बंगलादेशको राजकीय भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम

ब्यानर समाचार, समाचार
काठमाडौँ, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारी आज दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा भण्डारी भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तिमा सहभागी हुन् भण्डारी बंगलादेश जान लागेकी हुन । उनी सोमबार र मंगलबार बंगलादेशका विभिन्न स्थानमा जाने र त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । सो कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबीचको सम्बन्ध बारे प्रवचन दिने छिन् । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने र राजकीय भोजन कार्यक्रम समेत रहेको छ । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मा...
आज २०७७ चैत्र ९ गते सोमबारको राशिफल

आज २०७७ चैत्र ९ गते सोमबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेक...
भारतमा फेरि बढ्न थाल्यो कोरोना , एकैदिन झण्डै ४१ हजार संक्रमित, विभिन्न ठाउँमा लकडाउन

भारतमा फेरि बढ्न थाल्यो कोरोना , एकैदिन झण्डै ४१ हजार संक्रमित, विभिन्न ठाउँमा लकडाउन

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं, चैत ७ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र बृद्धि हुदै गएको छ ।सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । ती मध्ये दुई लाख ८८ हजार ३९४ जना अझै पनि सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ५९ हजार ५५८ जनाको मृत्यु भएको छ । ती मध्ये १८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कोरोनाभाइरसबाट महाराष्ट्र प्रदेश सवैभन्दा बढी प्रभावित भएको छ ।...