Sunday, May 10
Shadow

Author: Interview Nepal

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै , खनाल-नेपाल पक्षले भने बहिष्कार गर्ने

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै , खनाल-नेपाल पक्षले भने बहिष्कार गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौँ, चैत ७ । नेकपा एमालेको आज संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दैछ ।बालुवाटारमा बिहान साढे १० बजे डाकिएको संसदीय दलको बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक पनि शुरू हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा पार्टीभित्रको विवाद तथा प्रतिनिधिसभा बैठक एमाले सांसदहरूले निर्वाह गर्ने भूमिकाको बारेमा छलफल हुने भट्टराईले बताए । बैठकको सूचना सबैलाई पठाइएकाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूह पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए । बैठकमा सहभागी नहुने सदस्यलाई कारबाहीको चेतावनी दिँदै आएका अध्यक्ष ओलीले थप केही कदम चाल्ने हुन कि भन्ने आकलन पनि ब्याप्त छ । आजको बैठकमा सहभागी नहुँदा संस्थापन पक्षले चाल्ने कदमपछि थप रणनीति बनाउने खनाल(नेपाल पक्षको तयारी छ । ओलीले फागुन २८ गते ‘एकलौटी रुपमा’ गरेका निर्णय खारेज नगरेसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने खनाल(न...
एक जोर जुत्ताको मूल्य ५ करोड !

एक जोर जुत्ताको मूल्य ५ करोड !

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं । न्यूयोर्कको एक लिलाममा राखिएका एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ । नाइकीको सह-संस्थापकले डिजाइन गरेको खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो । सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो । तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे । बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका थिए । सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह(संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए । यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो । लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ । लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेर...
सुत्केरीको रोदन : मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…

सुत्केरीको रोदन : मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…

मुख्य समाचार, विचार, समाचार, समाज
काठमाडौं, ६ चैत । १४ वर्षअघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जोकोहीको पनि मन अमिलो हुन्छ । अन्तर जातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र एक थोपा रगत रहेसम्म तिमिलाई छाड्दिन’, देवकुमारले खाएको यो कसम विनिता झल्झली सम्झन्छिन् । भर्भराउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छाडेपछि पहिलेका वाचा कसम सबै झुठा ठहरिए । विगतमा उनका मिठामिठा सपनाले तानेर दुई जीवनलाई एक बनाएको थियो । काठमाडौंको काँडाघारीमा बस्ने देवकुमार २१ दिने सुत्केरी श्रीमती छाडेर फागुन २० देखि अलप भएपछि विनिताका भविष्यका सुन्दर सपना चकनाचुर बन्यो । उनी अहिले डेढ महिनाको सुत्केरी छिन् । ज्याला मजदूरी गर्नसक्ने अवस्थामा छै...
संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठक बहिस्कार गर्ने नेपाल पक्षको निर्णय

संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठक बहिस्कार गर्ने नेपाल पक्षको निर्णय

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ६ । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बोलाएको केन्द्रीय र स्थायी कमिटी बैठकमा नेपाल–खनाल समूह सहभागी नहुने निर्णयमा पुगेको हो । शुक्रबार बानेश्वरमा नेपाल समूहको बैठकले स्थायी कमिटी बैठकले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै सहभागी नहुने निर्णय गरेको हो । यसअघि पार्टीका बैठक संसदीय दलको कार्यालय सिंहदरबार वा संसद भवन नयाँ बानेश्वरमा बस्दै आइरहेको थियो । नेपाल पक्ष फागुन २८ गतेका निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाल पक्षलाई सार्वजनिक कार्यक्रममापर्ःत बैठकमा सहभागी हुन आग्रह गर्दै आइरहेका छन् ।...
चितवनमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

चितवनमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
चितवन , चैत ६ । चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।...
अग्नि खरेलको राजीनामा , नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

अग्नि खरेलको राजीनामा , नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

ब्यानर समाचार, समाचार
काठमाडौं, चैत ६ । नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ ।प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नेछिन ।बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए । पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो दाहाल नेपाल पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए ।बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव समेत छन् । अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।  ...
सामान्य रोजगारीको लागि विदेशीने अवस्थाको अन्त्य गरिनुपर्छ– कमल थापा

सामान्य रोजगारीको लागि विदेशीने अवस्थाको अन्त्य गरिनुपर्छ– कमल थापा

ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीको लागि प्रचुर सम्भावना भएको नेपालबाट समान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जंगलमा श्रमिकहरु निर्यात गर्ने अवस्थाको अन्त्य गर्न देशमा उद्योग, कलकारखानाहरु खोल्नेतर्फ राज्यले दिर्घकालिन नीति ल्याएर कार्य सञ्चालन गर्नुपर्ने बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल ९टुकोन०को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालिन समयमा नाफामा चलिरहेका ठूला उद्योगहरुलाई २०४६ पछि निजिकरणका नाममा कौडीको मूल्यमा बिक्रि गरेर ठूलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दैं श्रमिकहरुलाई समेत विस्थापित बनाएको आरोप लगाए । कम्युनिष्ट र कांग्रेसको अदुरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भिर अवस्थामा पुर्याइएको दावी गर्दै थापाले कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको एक मात्र पार्...
इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

आर्थिक, ब्यानर समाचार
काठमाडौँ, चैत ६ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको जानकारी दिएको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी रु ९० र कम्तीमा छोटो दूरीमा रु पाँच भाडा बढेको छ । काठमाडौँ–धनगढी गन्तव्यमा रु ९०, काठमाडौँ–भद्रपुरमा रु ६० भाडा बढेको छ भने पर्वतीय उडानम...
गायक श्रेष्ठ को शब्द संगीतमा “सुन सरकार” डिजिटल बजारमा

गायक श्रेष्ठ को शब्द संगीतमा “सुन सरकार” डिजिटल बजारमा

मनोरञ्जन
महेन्द्र अधिकारी ललितपुर, चैत्र ६ । पछिल्लो समयका काठ क्षेत्रका निकै चर्चित गायक तथा सर्जक हुन् दिनेश श्रेष्ठ ,उनले र्सिजना गरेका गित अहिले टिकटक देखी लिएर सामाजिक संजालमा निकै भाइरल छन् । एक पछि अर्को गरि उनले नयाँ नयाँ दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने गित गाउने देखि लिएर र्सिजना समेत गरेका छन् । श्रेष्ठ गित संगित क्षेत्रमा लागेको धेरै समय भयो तर नेपालमा कोरोना भाइरस आयो सरकारले लकडाउन लगायो त्यस पछि गायक दिनेश श्रेष्ठले गायका गित र र्सिजना गरेका गित एकका एक भाइरल हुन पूग्यो । चौतर्पिm सामाजिक संजालमा देखीन लाग्यो यसरी एक पछि अर्को गरी उनले लिएर आएका गित भाइरल भए यही गितहरुको अपार सफलता पछि उनको अर्को राष्ट्रिय गित “सुन सरकार” गित पनि बजारमा सार्वजानिक भएको छ । अहिलेको राजनितिक घटना क्रम लाई ध्यानमा राखि व्यंग्यात्मक राष्ट्रिय गित “सुन सरकार , नेपालको राजनितिक घटना क्रम र नेताहरु...
छोरी भएर बाँच्दा…

छोरी भएर बाँच्दा…

मुख्य समाचार, विचार, समाचार, समाज
विकास पुडासैनी , आमा छोरी भनेको केहो ? मैले बाल मनबाट सोधेको पहिलो प्रश्न यहि हो । उ जमानामा मैले बिध्यालयबाट क ख रा चिनि सकेपछि मेरो बाल मस्तिष्कमा बनेको आमा पछिको दोस्रो शब्द छोरी ।मेरो यो प्रश्नले आमालाइ पक्कै छोएछ म अहिले पनि सम्झन्छु उहाँको त्यो उत्तर,आफू नहासी नहासी अरुलाइ हसाउन सक्ने जात नै छोरी हो बा ! मैले केहि बुझिन साँच्चै भन्ने हो भने मलाइ हसाउनु भनेको केहो नै थाहा थिएन । आमा यत्ती भनेर आफ्नो काममा लाग्नु भयो मेरो हातमा खाजाको कचौरि थमाएर । कचौराको खाजालाइ मैले भन्दा धेरै मलाइ खायो त्यो उत्तरले । उमेरले छ पुगेकी मलाइ अब बिसौँ बर्षको बन्न बाध्य बनायो । पहिले त मलाइ हसाउनु शब्दको अर्थ जान्नु थियो अनि जान्नु थियो धेरै कुरा । अहिले सम्झिँदा पनि अचम्म लाग्छ आमाले दिएको त्यो उत्तर उहाँको दिमागमा कहाँबाट आयो । उमेर बढदै गयो समय परिबर्तन भयो मेरो कक्षा फेरियो तर मैले खोज्न थालेको त्...