Saturday, April 20
Shadow

मर्स्याङ्दी नदीमा ट्रक खस्दा एक नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु , ५ घाइते


  • -इ
  • इ+

काठमाडौं, चैत ७ । मनाङको नासों गाउँपालिका-३ मा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ट्रक मर्स्याङ्दी नदीमा खस्दा ट्रकका चालक, सहचालकसहित अन्य ५ जना घाइते भएका छन् ।

ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटनामा परी नासों गाउँपालिका–४ ओडारका ३५ वर्षीया मनिषा गुरुङ, उनकी बहिनी २६ वर्षीया जलकाशी गुरुङ र मनिषाको छोरा अन्दाजी ६ वर्षीय लिउन गुरुङको मृत्यु भएको मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

शनिबार दिउँसो साँढे ३ बजेतिर दुर्घटनामा परेको ट्रकले सिमेन्ट बोकेर मनाङका लागि छुटेको थियो । उकालोमा अनियन्त्रित भई ट्रक ४० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सुमन तामाङ, सहचाहक लक्ष्मण नेपाल, नासों गाउँपालिका ४ का अन्दाजी ६ बर्षीय थिउन गुरुङ, सोही वडाका अन्दाजी ६र७ वर्षीय निहल गुरुङ र चामे गाउँपालिका ४ ओडारकै २५ वर्षीय धनमान विश्वकर्मा घाइते भएका छन् । घाइते सुमन तामाङ ट्रकका धनीसमेत हुन् ।

घाइते ५ जनालाई जिल्ला अस्पताल लमजुङ पुर्याइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares