Saturday, May 18
Shadow

सात बर्ष पछि मोदनाथ तिमल्सिनाको मलेसियाबाट उद्धार


  • -इ
  • इ+

१ भदौ, काठमाण्डौ
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउपालिका वडा नं ६ स्थित घर भएका मोदनाथ तिमल्सिना मलेसिया गएको विगत सात बर्ष देखि मलेसियामै बेखबर थिए । अपुग जिन्दगी बिताइरहेको बेला धन कमाउन भनेर बिदेश गएका उनि सात बर्ष सम्म बेपत्ता हुदा उनको घर परिवारले आसै मारिसकेका थिए । मलेसिया देखि घर आइपुग्दा उनको परिवारको खुसिको सिमा रहेन ।

श्रीमान वेपत्ता हुदा घरमा कमाइ गर्ने मान्छे नभएपछि श्रीमतिले आफ्नो गहना समेत बेचेर रात दिन नभनि काम गर्दै आफनो बाल बच्चालाई पढाउदै घर व्यवहार चलाउदै आइरहदा घरको कान्छो छोरोले पनि घर छाडेर हिडेका थिए । श्रीमान नभएको बेला ऋण तिर्न नसकेपछि गाउलेको पिटाइ समेत खाएको उनकी श्रीमतिले बताएकी छिन् ।

घरमा कमाउने मान्छे नहुदा पनि दुख, कष्ट र सङ्घर्ष गरेर एक नारिले आफ्नो परिवार को जिम्वेवारी पुरा गर्नु निकै कठिनाइ हुन्छ । यस्तो कठिन परिस्थीतिमा पनि उनकी श्रीमतिले हिम्मत नहारी परिवारप्रति आफ्नो कर्तव्य पुरा गर्दै आइन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares