प्रधानमन्त्रीको गृह जिल्लामा ठकुराठीको लोकप्रियता
काठमाण्डौँ, भाद्र १६
नेपाली कांग्रेसको १४ औं महाअधिवेशनको मिति नजिकिँदै गर्दा वडा तह देखि केन्द्र सम्म सभापतिका लागि दौडधुप बढेको छ । जिल्ला सभापतिको लागि पनि त्यस्तै रहेको छ । यसै बिच प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापतिका लागि चुडामणी ठकुराठीको लोकप्रियता बढेको छ ।
पार्टी सभापति देउवा र जिल्ला सभापति कर्ण मल्लको सहुमबाट सभापतिको प्रतिस्पर्धामा उत्रिरहेका बेला संस्थापन इतरको तर्फबाट डडेल्धुराको जिल्ला सभापतिका लागि ठकुराठी पनि प्रतिस्पर्धामा उत्रिएका हुन्। जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ५ जन्मिएका ठकुराठी नेपाली कांग्रेसमा २०५१ सालदेखि सक्रिय राजनितीमा लागेका छन् । विद्यार्थी राजनीतिदेखि संक्रिय रहेका ठकुराठी राजनीतिशास्त्र, जनप्रशासन तथा कानूनमा डिग्री हासिल गरिसकेका छन् । उनी नेविसंघका पुर्व केन्द्रिय सदस्यसमेत हुन् ।
पार...









