Thursday, October 22
Shadow

Author: Interview Nepal

काठमाण्डौं बाट बाहिरिनेको संख्या दिन प्रतिदिन बढ्दो

काठमाण्डौं बाट बाहिरिनेको संख्या दिन प्रतिदिन बढ्दो

मुख्य समाचार, समाचार
काठमाण्डौं, असोज २३ दशै, तिहार तथा छठ पर्व लगायतका चाडपर्वहरु नजिकिदै गर्दा रोजगारी अथवा अध्ययनको शिलसिलामा काठमाण्डौं आउनेहरु चाडपर्वमा आफ्नो परिवार सँग समय विताउन र रमाइलो गर्न आ आफ्नो घर तथा गाउँ जाने गर्दछन् । आफ्नो परिवारसँग बसेर चाडपर्व मनाउने हर्ष र उल्लासले गाउँ जानेहरुको मात्रा नयाँ बसपार्क, पुरानो बसपार्क र अन्य सार्वजनिक स्थलहरुमा विहानैदेखि यात्रुहरुको भिडभाड देखिएको छ । दशैमा राजधानीबाट आफ्नो गाउँ जाने कतिपय यात्रुले टिकट नपाउँदा अलपत्र परेको देखिएको छ भने कतिपयले महंगो भाडा तिरेर भएपनि गन्तब्यमा पुग्न बाध्य भएका छन् । दशैको अष्टमी सम्म राजधानी बाट बाहिर जानेहरुको चाप कायमै रहिरहने छ । विगतका बर्षहरु झै यस बर्षको चाडपर्व धुमधाम र भिडभाडका साथ मनाउन नसकिने अवस्था रहेको छ । कोभिड १९ अथवा कोरोना भाइरसका कारण जनस्वास्थ्य लाइ विशेष ख्याल राख्दै चाडपर्व मनाउनुपर्ने बाध्यत...
एक करोड लागतमा गल्छी चोकमा खुल्यो बर्गर हाउस

एक करोड लागतमा गल्छी चोकमा खुल्यो बर्गर हाउस

आर्थिक, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज २३ करिब एक करोड लागतमा धादिङको गल्छी चोकमा बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन सञ्चालनमा आएको छ । बिहिवार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले उद्घाटन गरेका छन् । नेपाली बजारमा पछिल्लो समय बर्गर हाउस प्रति आकर्षण बढ्दै गईरहेको छ । सोहि अनुरुप बर्गर हाउस को शाखाहरु तिव्र रुपमा विस्तार भईरहेको छ । सोहि क्रममा नुवाकोट, रसुवा जाने तर्फ गल्छी चोकमा उक्त बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन संचालनमा आएको छ । ग्रहकको रुचि अनुसारका ताजा ताजा खानेकुराहरु ग्राहकले अडर गरे पछि मात्र बनाईने भएकोले पनि स्वास्थ्यबद्र्धक खानका परिकारहरु पाईने संचालक मध्येका एक पुर्षोतम प्याकुरेलले बताए । पारिवारीक एवम् शान्त वातावरणमा विभिन्न खानाका स्वादिष्ट परिकारको मज्जा लिनुको साथै जन्म दिन मनाउनको लागि छुट्टै बस्ने व्यवस्था समेत रहेको छ । ...
आज दशैंको पहिलो दिन घटस्थापना, यसरी गर्नुस् पूजा (मन्त्रसहित)

आज दशैंको पहिलो दिन घटस्थापना, यसरी गर्नुस् पूजा (मन्त्रसहित)

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज २१ आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ । नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ । आज शास्त्रीय विधि अनुसार आज शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने...
हिन्दु धर्मवलम्बीको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै

हिन्दु धर्मवलम्बीको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै

Uncategorized, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ, असोज २० केशब श्रेष्ठ हिन्दु नेपालिहरुको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै छ । बडा दशैं अर्थात् विजया दशमी  नेपालीहरूको महान चाडकोे रुपमा लिइन्छ । राष्ट्रिय चाडको रुपमा समेत मानिने दशैं हिन्दु धर्मवलम्बीहरूले घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ र दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म मनाउने गर्छन् । देश विदेश वा टाढा टाढा भएका आफ्ना परिवार, साथिभाइ र आफन्तजनसँग भेटधाट हुने वातावरण सिर्जना हुने यो समयले आफ्नो सुभचिन्तकहरु सँग खुसी र रमाइलो गर्ने सुनौलो अवसर जुटाइदिन्छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई खास अर्थ र महत्वका रुपमा लिइन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ...
प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी

आर्थिक, मुख्य समाचार, समाज
काठमाण्डौँ, असोज २० प्रभु लाइफ इन्स्योरेन्स लि ले मृतक केदार बहादुर अधिकारीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी दिएको छ । शाखा कार्यालय गोंगबुमा एक कार्यक्रमका बीच उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेल ले मृतककी श्रीमति शुशिला घिमिरेलाई प्रदान गर्नु भएको हो । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका घर भएका बीमित अधिकारीले डेढ वर्ष अघि प्रभु लाइफ इन्स्योरेन्स लि शाखा कार्यालय गोंगबुबाट १५ लाख रुपैयाको २० वर्षे अवधि राखेर आफ्नो जीवन बीमा गराएका थिए । निज बीमितको कोरोनाको कारणले अस्पतालमा मृत्यु भएको थियो । कूल बीमाङ्क रकम १५ लाख र आर्जित बोनस सहित जम्मा १६ लाख १२ हजार ५ सय रुपैयाँको चेक कम्पनीले बीमितको परिवारलाईहस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीबन बीमा कम्पनीको दायित्व भनेकै आर्थिक जोखिमको रक्षा ...
मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, असोज १९ मध्य भोटेकोशी जलविद्युत कम्पनीले भोलि (असोज २० गते, मंगलबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा कात्र्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कमपनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइनेछ ।...
पूर्ण मात्रा खाेप लगाउनेकाे सङ्ख्या ६४ लाख नाघ्याे, थप ९ सय ६८ जनामा काेराेना पुष्टि

पूर्ण मात्रा खाेप लगाउनेकाे सङ्ख्या ६४ लाख नाघ्याे, थप ९ सय ६८ जनामा काेराेना पुष्टि

समाचार, स्वास्थ्य
काठमाण्डाै, असोज १९ पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ प्रतिशतमा मात्रै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा ६ प्रतिशत अर्थात् नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९१ हजार दुई सय २४ पुगेको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार सात सय ६६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार चार सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा थप एक हजार एक सय १४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७१ हजार तीन सय ३८ पुगेको छ । यही अवधिमा थप ६ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ८० पुगेको छ । अहिले नेपालमा १६ हजार दुई सय ४८ जना सक...
विदुर ५ मा हेलिप्याड सहितको गंगटे पार्क उद्घाटन

विदुर ५ मा हेलिप्याड सहितको गंगटे पार्क उद्घाटन

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज १८ नुवाकोटको विदुर नगरपालिका वडा नं ५ मा रहेको जिल्ला कै पहिलो हेलिप्याड सहितको गंगटे पार्कको उद्घाटन गरिएको छ । आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले एक कार्यक्रमको बिच उद्घाटन गरेका हुन् । विदुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको सभापति नगरपालिकाका मेयर सन्जु पण्डित, प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, विषेश अतिथि भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली त्यस्तै अतिथिहरु जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, नगरपालिकाको उपमेयर गिता कुमारी दाहाल लगाएत नगरवासिहरुको उल्लेख्य उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पाण्डेले प्रदेश सरकारमा विभिन्न किसिमका पार्क निर्माणका लागि भन्दै बजेट माग्न...
दिगो शान्तिको संगठित कार्यको लागी विश्व शान्ति शिखर सम्मेलन आह्वान

दिगो शान्तिको संगठित कार्यको लागी विश्व शान्ति शिखर सम्मेलन आह्वान

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार, समाज
काठमाण्डौँ, असोज १८ विश्व शान्ति शिखर सम्मेलन वार्पको ७ औ बार्षिकोत्सव सम्पन्न भएको छ । सेप्टेम्बर १८ शानिवारका दिन अनलाइनमार्फत आयोजना गरिएको सम्मेलन कोभिड संक्रमणका कारण प्रभावित शान्तिका एजेण्डाहरुलाई अन्तर्राष्ट्रिय रुपमा पुनः गति प्रदान गर्ने भन्नेबारे केन्द्रीत रहेको थियो । साथै सम्मेलनले आगामी दिनहरुमा यसका लागि अन्तर्राष्ट्रिय प्रयासहरुको विकास गर्दै जाने योजनाहरुबारे  छलफल केन्द्रित गरेको थियो । हेवेनली कल्चर, वर्ल्डपिस, रेस्टोरेसन अफ लाईट ९एचडब्ल्युपीएल०ले, २०१४ को विश्व शान्ति शिखर सम्मेलनदेखि, शान्तिपुर्ण सहअस्तित्वको वातावरण सिर्जना गर्नको लागि संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको समर्थनमा नागरिक केन्द्रित शान्ति निर्माणका विभिन्न गतिविधिहरुको आयोजना गरि ूशान्तिको संस्कृतिू स्थापनाका लागि पहल गर्दै आएको छ। विश्व शान्ति सम्मेलनले अन्तराष्ट्रिय कानुन, धर्म, शि...
राम स्याङ्गतान र तारा श्रीष मगरको स्वरमा “तिहारको फुल दशैंको अक्षेता” म्युजिक भिडियो बजारमा

राम स्याङ्गतान र तारा श्रीष मगरको स्वरमा “तिहारको फुल दशैंको अक्षेता” म्युजिक भिडियो बजारमा

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/असोज,१७ ललितपुर नेपालीहरुको महान् चार्ड बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै हरेक बर्ष जस्तै यो बर्ष पनि बिभिन्न गीत संगीतहरु बजारमा आउन थालिसकेका छन् । यहि मान्यतालाई मध्यनजर गर्दै लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले “तिहारको फुल दशैंको अक्षेता” बोलको गीतलाई सार्वजनिक गरेका छन् । गायक तथा सर्जक स्याङ्गतानको पछिल्लो समय बजारमा आएको गीतमा नेपाल आइडल कि प्रतियोगी तारा श्रीष मगर र राम स्याङ्गतानको नै सुमधुर स्वर सुन्न सकिन्छ । “तिहारको फुल दशैंको अक्षेता” गीतलाई लय तथा शब्द सिर्जना लोकप्रिय गायक तथा सर्जक राम थापा शिसिरको रहेको छ। यस गीतको म्युजिक भिडियोलाई निर्देशन अमोन रानाले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन संगीत बानियाँले गरेका छन् । गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज, आयुष्मा कार्की, सबिना लामा र कुमार नेपालको अभिनय देख्न सकिन्छ । ...