Saturday, May 9
Shadow

Author: Interview Nepal

विश्वभर कोरोना संक्रमणको दर कति छ त ?

विश्वभर कोरोना संक्रमणको दर कति छ त ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, स्वास्थ्य
०८,असोज काठमाडौँ विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ७ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख २२ हजार ९६८ जनामा कोरोना पहिचान भएको छ । यसैगरी बेलायतमा ३६ हजार ७१०, भारतमा ३१ हजार ४५८, टर्कीमा २७ हजार ८४४, ब्राजिलमा २४ हजार ६११ र रुसमा २१ हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ । यहीअवधिमा ८ हजार ५७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा १ हजार ९४४, रुसमा ८२०, ब्राजिलमा ६६१, भारतमा ३१९ र टर्कीमा २१७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७ लाख ४१ हजार ५८२ पुगेको छ । कुल संक्रमित २३ करोड १३ लाख ५१ हजारमध्ये २० करोड ८० लाख १७ हजार जना निको भइसकेका छन् ।  ...
कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको उम्मेदवारीता

कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको उम्मेदवारीता

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, असोज ७ नेपाली कांग्रेसको असोज ९ गते हुने गाउँ नगरपालिकामा हुने अधिवेशनमा काठमाण्डौँको तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनले उम्मेदवारीता दिएका छन् । वडा नं १ का ३९ वर्षिय तिमिल्सिना नेपाली कांग्रेसमा सक्रिय रुपमा क्रियाशिल रहदैँ आएका छन् । तिमिल्सिना विगत लामो समय देखि कांग्रेस राजनितिमा सक्रिय हुदैँ आएका एक युवा व्यवसायि पनि हुन् । पछिल्लो समय राजनितिक नेतृत्वमा युवा सहभागिताको आवश्यकता रहेको भन्दै आफूले उम्मेदवारीता दिएको तिमिल्सिनाले बताए । पार्टि भित्र व्याप्त रहेका समस्याहरुलाई अन्त्य गर्दै कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै असल नेतृत्वको भूमिकामा रहेको काम गर्ने उनको प्रतिवद्धता रहेको छ ।...
१८ वर्षको उमेरमा काठमाडौं उपत्यकाकै कान्छो क्षेत्रीय प्रतिनिधि भए मियाँ

१८ वर्षको उमेरमा काठमाडौं उपत्यकाकै कान्छो क्षेत्रीय प्रतिनिधि भए मियाँ

राजनिती, समाचार, स्थानिय तह
लक्ष्मण श्रेष्ठ ०७ असोज,काठमाडौं नागार्जुन नगरपालिका वडा नं १ का सुल्तान मियाँ काठमाडौं उपत्यकाकै नेपाली कांग्रेसका कान्छो क्षेत्रीय प्रतिनिधि रुपमा स्थापित भएका छन् । १८ वर्षको उमेरमा मियाँ नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् सफल भएका हुन् । मियाँ नेपाल विद्यार्थी संघमा विगत केही वर्षयता सक्रिय रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका विद्यार्थी नेता समेत हुन् । असोज ५ गते सम्पन्न नागार्जुन नगरपालिकाको वडा अधिवेशनबाट मिया नागार्जुन–१ का कांग्रेसका क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । युवाहरुले देश हाक्नुपर्छ भन्ने मान्यताकहा साथ मिया राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ ।  ...
एनएफपिजे बागमती प्रदेशका अध्यक्ष सिलवाल र सदस्य खड्का सम्मानित

एनएफपिजे बागमती प्रदेशका अध्यक्ष सिलवाल र सदस्य खड्का सम्मानित

समाचार, समाज
काठमाण्डौँ, असोज ७ राष्ट्रिय फोटो पत्रकार समूहको २५ औँ वार्षिक साधारण सभा तथा १२औँ अधिवेशन बाट एनएफपिजे बागमती प्रदेशका अध्यक्ष नारायन सिलवाल र सदस्य कपिल खड्क सम्मानित भएका छन् । ‘हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६’ को सिलवाल पर्या पर्यटन फोटो पत्रकारिता पुरस्कार र खड्का मनोरञ्जन फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । साथै मनोरन्जन तर्फ नवराज वाग्ले, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल, पर्यापर्यटन तर्फ प्रेम थापा, सस्कृति समपदा तर्फ सोभा मर्हजन र प्रदीप शाक्य र साहासिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठ लाई प्रमाण पत्र र तामाको तक्मा प्रदान गरिएको थियो भने पूर्व शसत्र प्रहरी नायव महानिरिक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार सिलापत्रका फोटोपत्रकार शुसील कुमार श्रेष्ठलाई नगद रु १० हजार सहित प्रमाण पत्र हस्तान्तर...
मुख्यमन्त्री भट्ट द्घारा हलिया मुक्ति आन्दोलनका राष्ट्रिय अगुवा पूर्व सासद श्रीपाईली सम्मानित

मुख्यमन्त्री भट्ट द्घारा हलिया मुक्ति आन्दोलनका राष्ट्रिय अगुवा पूर्व सासद श्रीपाईली सम्मानित

राजनिती, समाचार, समाज
  ०७,असोज २०७८ सूदूरपश्चिमको मानवअधिकार,सामाजिक न्याय,दलित एंव,कमैया,कमलरी हलिया मुक्तिको आन्दोलनमा अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गरी हलिया मुक्ति अधिकारमुखी आन्दोलनमा विशिष्ट योगदान पुर्याए वाफत संविधान सभा सदस्य तथा दलित एंव कमैया, हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीलाई सोमबार सम्मान गरिएको छ । हलिया मुक्ति आन्दोलनमा बिशिस्ट योगदान पुर्याए वाफत राष्ट्रिय मुक्त हलिया समाज महासंघद्घारा कंचनपुरको पुर्नवासमा आयोजित १३ औँ मुक्त हलिया दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पूर्व सासद एंव हलिया आन्दोलनका अगुवा श्रीपाईलीलाई सम्मान गर्नुभएको हो । पूर्व सासद श्रीपाईली दशकौँ देखि हलियाहरुलाई संगठित,सुसूचित,जागरण,सचेतना,दिदै मुक्ति आन्दोलन र पुर्नस्थापना का लागि निरन्तर संघर्षरत राष्ट्रिय अभियन्ता हुन । दलित अधिकारका लागि राष्टिय संजालका केन्द...
परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असोज ६ नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएकाे हुन । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएका हो ।...
तारकेश्वर ३ को कांग्रेस अधिवेशन बिवादमा

तारकेश्वर ३ को कांग्रेस अधिवेशन बिवादमा

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, असोज ६ काठमाण्डौँको तारकेश्वर नगरपालिका वडा नं ३ को कांग्रेस ईकाइ अधिवेशन बिवादित भएको छ । मंगलवार भएको अधिवेशन एक पक्षिय र गैर कानुनी रुपमा भएको भन्दै बिरोध गरिएको छ । ईकाइ सभापतिमा ६ जना उम्मेदवार थिए । उम्मेदवारी दर्ता फारम सम्म नभराई खाली कागजमा नाम टिपेर प्रति उम्मेदवार पाँच हजार रुपैया सम्म मनोमानी रुपले संकलन गरेको नेपाली कांग्रेस क्षेत्र नं ७ का सदस्य भोलानाथ अर्यालले बताए । उनका अनुसार, दिउँसो सम्म निर्वाचन हुन नसके पछि सर्वसम्मतिको बाहाना गरि निर्वाचन अधिकृत हरिशरण खतिवडाले साँझपख केही समूहरुमात्र मिलाएर एक्लौटी रुपमा बर्तमान तारकेश्वर नगरका सचिव परशुराम अर्याल सहितका पदाधिकारीहरु घोषण गरेको उनले बताए । सदस्य अर्यालले निर्वाचन अधिकृत पनि तोकिएको व्यक्ति सहभागि नभई आफू अनुकुलको राखिएको बताएका छन् । उक्त अधिवेशनको लागि बरिष्ठ अधिवक्ता पोषण राज लामिछानेलाई तोकीएको...
कृष्ण लामिछाने र कमला पोखरेलको स्वरमा “लुट्यो खुसी सबै” सार्बजनिक

कृष्ण लामिछाने र कमला पोखरेलको स्वरमा “लुट्यो खुसी सबै” सार्बजनिक

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी/असोज ०५,ललितपुर नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक कृष्ण लामिछाने को अर्को गीत “लुट्यो खुसी सबै” सार्बजनिक भएको छ । उक्त गीत सर्बसम्मान म्युजिक प्रा ली प्रस्तुति छत्र बि क र ईमान तामाङ्गको सम्युक्त प्रस्तुति “लुट्यो खुसी सबै” बोलको रहेको छ । कृष्ण लामिछाने प्रस्तुतिमा यस भन्दा अघि मायाले दिएको घडी , म छु हङकङ मा , माली गाई को दहि ,भरमा पर्दिन लगाएतका थुप्रै गितहरु सार्बजनिक भैसकेका छन् । प्रस्तुत गीतमा गायक कृष्ण लामिछाने र कमला पोखरेलको को सुमधुर स्वर सुन्न सकिन्छ । छत्र विकको शब्द र संगीत रहेको गीतलाई गायक कृष्ण लामिछानेले मिक्सिङ तथा तेजेन्द्र दुराले रेकडिङ गरेका छन् । “लुट्यो खुसी सबै” भिडियोलाई नमराज घिमिरेले खिचेका हुन भने निर्देशन प्रकाश क्षेत्रीले गरेका छन् । भिडियोमा सलिना थापा मगर,...
हाम्रो सर्मथन रहेको मान्छे नुवाकोट सभापति हुन्छ : सभापति केसी (भिडियो सहित)

हाम्रो सर्मथन रहेको मान्छे नुवाकोट सभापति हुन्छ : सभापति केसी (भिडियो सहित)

अन्तरवार्ता, ब्यानर समाचार, भिडियाे, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, असोज ४ नेपाली कांग्रेसमा यति बेला महाधिवेशनको लहर चलिरहेको छ । वडा देखि केन्द्र सम्म कुन पदमा को रहने भन्ने कुरालाई लिएर सबै नेताहरुको दौडधुप चलिरहेको छ । यसै बिच नुवाकोटमा पनि सभापतिको बन्ने भन्ने कुराको चर्चा चलिरहेको छ । नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जिल्ला सभापति हामिले जसलाई सर्मथन गर्छौ उहि बन्ने बताएका छन् । ईन्टरभ्यू नेपाल संगको एक अन्तर्वातामा, नुवाकोटमा केसी परिवारको साथ जस्लाई हुन्छ उहि सभापनि बन्छ भन्ने चर्चा छ यस बारे के भन्न चाहनुहुन्छ भनि सोधिएको प्रश्नमा सभापति केसीले हाम्रो समर्थन रहेको मान्छे सो त सभापनि बन्ने बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् : https://www.youtube.com/watch?v=P-avh-RxB4s...
कुमारी बैंकको १३ हजार ८७४ कित्ता संस्थापक शेयर विक्रीमा

कुमारी बैंकको १३ हजार ८७४ कित्ता संस्थापक शेयर विक्रीमा

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज ५ कुमारी बैंक लिमिटेडको १३ हजार ८७४ कित्ता संस्थापक शेयर आज (मंगलवार) देखि विक्रीमा आएको छ । कम्पनीको संस्थापक शेयरधनी अन्जन कुमार पौडेलको नाममा रहेको १० हजार ८५७ कित्ता र सुनिल कुमार रेग्मीको नाममा रहेको ३ हजार १७ कित्ता गरी कुल १३ हजार ८७४ कित्ता शेयर विक्री खुला गरिएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन । कम्पनीले असोज ५ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त म्याद भित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति संस्थालाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।...