Friday, April 26
Shadow

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • -इ
  • इ+

काठमाण्डौँ, असोज २५
मध्य भोटेकोसी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । असोज २० गते मङ्गलवार देखी सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइन्छ ।

कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुटाइएको छ ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकहरूमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares