Saturday, May 9
Shadow

Author: Interview Nepal

आजबाट सोह्रश्राद्ध सुरु

आजबाट सोह्रश्राद्ध सुरु

जिवनसैली, टिप्स, समाचार, समाज
काठमाण्डौँ, असोज ५ बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध सुरु भएको छ । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ । पशुपति क्षेत्र विकास कोषले घाटमा कोष अन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृ कार्य गर्न अनुमति दिइएको र उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिएको छ । प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ ।...
मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाण्डौं, असोज ४ बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिए । यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्य योजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्य योजना सरकार समक्ष पेस गरेको थियो ।...
ब्राह्मणका लागि किन वर्जित छ लसुन-प्याज यस्तो छ कारण…

ब्राह्मणका लागि किन वर्जित छ लसुन-प्याज यस्तो छ कारण…

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाचार, समाज
काठमाण्डौँ, असोज ३ केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ : सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनको शान्ति दिलाउँछ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ । त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्छन् । प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । यसको अर्थ यिनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ । यसले कामोत्तेजना बढाउँछ । ब्राह्मणले पवित्रता राख्नु जरूरी हुन्छ किनकि उनीहरू देवताको पूजा गर्छन् र प्राकृतिक रूपमा शुद्ध हुनुपर्छ । सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृतिप्रदत्त ...
टस जितेर ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल

टस जितेर ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल

खेलकुद, समाचार
काठमाण्डौँ, असोज ३ ओमनमा जारी नेपाल, अमेरिका, ओमन त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र ओमन भिड्न लागेका छन्। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ। खेल अब सवा ४ बाट अल अमरेत मैदानमा सुरु हुने छ। आजको खेलमा नेपालले ओमनविरुद्ध टस जितेर बलिङ रोजेको छ। आजको टिममा पछिल्लो खेलमा भन्दा गुल्सन झा र कुशल मल्ल आउट भएका छन्। उनीहरुको ठाउँमा आरिफ शेख र शरद भेषावकरले स्थान बनाएका छन्। यो खेल प्रशिक्षक डेव वाटमोरको प्रशिक्षणमा नेपालले खेल्ने अन्तिम खेल हो।...
संविधान दिवसको दिन राजावादीले गरे प्रदर्शन

संविधान दिवसको दिन राजावादीले गरे प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, असोज ३ संविधान दिवसको दिन संयुक्त जनआन्दोलन मोर्चाले प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा उनीहरूले गणतन्त्रको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले राजा आऊ देश बचाऊ, महेन्द्र पथ जिन्दावाद, असोज तीन कालो दिन जस्ता नारा लगाएका थिए । संवैधानिक राजसंस्था स्थापना, वैदिक सनातन हिन्दू अधिराज्य कायम, संस्थागत भ्रष्टाचारको अन्त्यको माग गर्दै प्रर्दशन गरेका हुन् ।...
भोलिदेखि नयाँ नोट साट्न पाइने

भोलिदेखि नयाँ नोट साट्न पाइने

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज ३ भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले ५, १०, २० र १०० रुपैयाँ साट्न पाउनेछन् । यसवर्ष दशैं तिहारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने भएको छ ।...
बन्चरे डाँडामा सदाका लागि फोहोर बन्द गर्न स्थानियले गरे आन्दोलन

बन्चरे डाँडामा सदाका लागि फोहोर बन्द गर्न स्थानियले गरे आन्दोलन

समाचार, समाज, स्थानिय तह
काठमाण्डौं, असोज २ लक्ष्मण श्रेष्ठ नुवाकोट, ककनी गाउँपालिकाको वडा नं २ बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्न स्थानियले आन्दोलन गरेका छन् । संबिधानले सुनिस्चित गरेको मौलिक हक भित्र पर्ने सबै नागरिक सो सरह स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार हनन् नगर, आफ्नो फोहोर आफै व्यवस्थापन गर भन्दै धादिङ धुनिवेशि नगरपालिकाका मेयर बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । विगत १६ वर्ष देखि नुवाकोटको ककनी गाउँपालिकाको वडा नं १ सिसडोलमा काठमाण्डौं, ललितपुर र भक्तपुर  मात्र नभइ धुलिखेल र बनेपा छेउ सम्मको फोहोर फालिदै आएको र अहिले सिसडोलमा वातावरण प्रदुषण हुन थालेपछि बन्चरे डाँडामा सार्न लाइ तयारि हुदै गर्दा फोहोर फल्न नदिने भन्दै त्यहाँका स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । लामो समय देखि फोहोरमैलाले निम्त्याएको समस्या समाधान नभई पटक पटक भएका सम्झौँताहरु पनि कार्यन्व...
घैया मकैको अपारसफलता पछि शम्भु नेपालको “बाँसको डोको” बजारमा

घैया मकैको अपारसफलता पछि शम्भु नेपालको “बाँसको डोको” बजारमा

जिवनसैली, भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/असोज ०२, ललितपुर नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा मौलिक लोक दोहोरी गीत संगितका लागि सफल जोडि मानिएका रामशरण आले र शम्भु नेपालको सहकार्यमा फेरी पनि अर्को गीत “बाँसको डोको” सार्बजनिक भएको छ । उक्त गीत रामशरण आले र केशब श्रेष्ठको सम्युक्त प्रस्तुति “बाँसको डोको” बोलको रहेको छ । प्रस्तुत गीतमा रामशरण आले, केशब श्रेष्ठ र सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । सो गीतमा शब्द संगीत नेपालको रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतमा आएका बिकृति र बिशंगतिलाई हामि सम्पूर्ण सचेत नागरिकले पखाल्नु पर्छ भन्ने किसिमका उच्च सोच बोकेर हिड्ने शम्भु का यस भन्दा पहिला प्रस्तुति झैँ यस प्रस्तुतिले पनि सफलता प्राप्त गर्ने कुरामा ढुक्क रहन सकिन्छ । किन कि यस गीतमा प्रयोग भएका सम्पूर्ण संयोजन उत्कृष्ट रहेका छन् । ...
विवेकशील साझा पार्टी ,नुवाकोटद्धारा एमसिसि विरुद्ध प्रदर्शन

विवेकशील साझा पार्टी ,नुवाकोटद्धारा एमसिसि विरुद्ध प्रदर्शन

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, भाद्र ३१ विवेकशील साझा पार्टी ,नुवाकोटले एमसिसि विरुद्ध प्रदर्शन गरेको छ । बिहिवार नुवाकोटको सदरमुकाम विदुरमा विरोध गरेको हो । एमसीसी कुनै अनुदान होइन मात्र हस्तक्षेप गर्ने योजना हो , विरालो बनेर छिर्ने सिंह बनेर नेपालमा राज गर्ने योजना हो भन्दै विवेकशील साझा पार्टी ,नुवाकोटका संयोजक दामोदर नेपालको नेतृत्वमा पार्टी सदस्य तथा अन्य देश प्रेमि नागरिकहरुको समेत सहभागितामा विरोध सभा गरेका थिए । ...
नेप्से : सबै सूचक राताम्मे

नेप्से : सबै सूचक राताम्मे

आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, भाद्र ३१ साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक ७६.६५ अंकले गिरावट आएको छ। नेप्से ७६.६५ अंकले घटेर दुई हजार ८१२.३८ अंकमा झरेको छ । विहिबार शेयर बजार दिनभर उतारचढाव भएर परिसूचक दुई हजार ७९५ सम्म झरेको थियो। तर, कारोबारको अन्त्यमा आएर बजार सम्हालिदा नेप्से दुई हजार ८ सयको विन्दु माथि नै रहन पुग्यो। आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँ बराबरको कारोबार भएको छ । स्मरण रहोस्, बुधबार कारोबार रकममा गिरावट आएर ५ अर्ब ३५ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको थियो। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव रहेको छ। तरलता अभावका कारण बैंकहरूले निक्षेप संकलन बढाउनको लागि असोज १ गतेदेखि लागु हुनेगरी निक्षेप तथा कर्जामा ब्याजदर बढाएका छन्। बैंकहरूले निक्षेप तथा कर्जाको ब्याज दर बढाएकाले...