Wednesday, October 28
Shadow

Author: Interview Nepal

साहस उर्जाको आईपीओ नतिजा हेर्नुहोस

साहस उर्जाको आईपीओ नतिजा हेर्नुहोस

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज १७ साहस उर्जा लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले ओदन दिएका थिए । जसमा २३ लाख ८३ हजार ४६० जनाको मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ६ लाख ४४ हजारले १० कित्ता सेयर पाएका छन् । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवदेकले मात्रै आईपीओ पाएका हुन् । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेक...
वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ वार्षिक साधारण सभा सम्पन्न

वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ वार्षिक साधारण सभा सम्पन्न

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज १६ डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ साधारण सभा सम्पन्न भएको छ । आज बागबजार स्थीत होटल हार्दिकमा संस्थाका अध्यक्ष सुरज केसीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोड को सह अध्यक्ष दक्ष पौडेल (सुवास), विशेष अतिथि काठमाण्डौँ महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्की त्यस्तै अतिथिहरुमा तारकेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष मनोहरि तिवारी, संस्थाका सचिव अर्जुन प्रसाद रिमाल, प्रबन्ध निर्देशक देश मर्दन बस्न्यात, प्रमुख सल्लाहाकार लक्ष्मण मोहन ध्वज जोशी, क्रोधरहित संसारका उपाध्यक्ष डा. लक्ष्मण शाक्य लगाएतको उपस्थीति रहेको थियो । १ हजार ९ सय सदस्य रहेको संस्थाको कुल पुँजि २६ करोड ७३ लाख ८७ हजार ७ सय ३० रुपैयाँ ८१ पैसा रहेको छ । भने संस्थाको मुनाफा १३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८ प्रत...
केशव अधिकारीको स्वर,शब्दमा “दिल भित्र नाम छ” सार्वजनिक

केशव अधिकारीको स्वर,शब्दमा “दिल भित्र नाम छ” सार्वजनिक

समाचार, साहित्य/कला
महेन्द्र अधिकारी असोज १४,ललितपुर  नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक केशव अधिकारीको स्वरमा “दिल भित्र नाम छ” गीत सार्वजनिक भएको छ । यो गीतमा केशव अधिकारी कै शब्द छ भने संगित दिनेश मुस्कान को छ । काठमाडौं डिजिटलमा रेर्कड गरिएको गीतको भिडियोमा अन्जु सुनार,केशव अधिकारी ,अर्जुन बुढाथोकी,यम बहादुर बि क, राम शरण पाण्डे,राम कृष्ण पाण्डे र आयन राईको अभिनय रहेको छ । भिडियोमा दिनेश मुस्कानको छायांकन तथा सम्पादन रहेको छ भने केशव अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन् । “दिल भित्र नाम छ” भिडियोलाई ओ एस् आर डिजिटल आधिकारिक युटुब च्यानलबाट गीत हेर्न सकिनेछ । भिडियो हेर्न तल क्लिक गर्नु होला : https://youtu.be/q9CgqisBqvc...
एमाले विधान महाधिवेशन सुरु, अध्यक्ष मण्डल तोकिए

एमाले विधान महाधिवेशन सुरु, अध्यक्ष मण्डल तोकिए

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असोज १५ शुक्रबारदेखि ललितपुरको गोदावरीमा एमाले विधान महाधिवेशन सुरु भएको छ । नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष मण्डल तोकिएको छ। अध्यक्ष मण्डलको अध्यक्षता केपी शर्मा ओली रहेका छन् । यस्तै, उपाध्यक्ष, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्य नारायण मण्डल, छवीलाल विश्वकर्मालाई अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारी दिइएको छ । यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भिम रावल, घनश्याम भुषाल, रघुजी पन्त, यमलाल कँडेल, राजन भट्टराई, पद्यमा अर्याल र लीला भण्डारीलाई जिम्मेवारी दिइएको छ। सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, ज्वाला शाह, शिवमाया तुम्बाहाम्फे रहेका छन् । प्रचार कमिटीमा योगेश भट्टराई, खिमलाल भट्टराई, सूर्य थापालाई जिम्मेवारी तोकिएको छ । ...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

दुर्घटना, मुख्य समाचार, समाज
काठमाण्डौँ, असोज १५ सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ ।...
न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज १५ न्यादी हाइड्रोपावर लिमिटेडले आज (असोज १५ गते, शुक्रबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा छिटोमा असोज १९ गतेसम्म र ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।...
प्रतिस्पर्धीलाई चकित पार्दै नगर सभापति मुकुन्द तिमल्सिना

प्रतिस्पर्धीलाई चकित पार्दै नगर सभापति मुकुन्द तिमल्सिना

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, असोज ११ नेपाली कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमल्सिनाको चर्चा बढे पछि प्रतिस्पर्धीहरु चकित परेका छन् । पार्टी भित्र गुटको राजनिति अन्त्य गर्दै नेपाली कांग्रेसको मर्मलाई आत्मसाथ गर्दै पार्टी भित्र रहेको गुटको अन्त्य गर्नुपर्छ भन्ने मुख्य उद्देश्य तिमल्सिनाको रहेको छ । पार्टी भित्र पारदर्शी नेतृत्वको माग बढ्दै गएको अवस्थामा वडा नं १ का ३९ वर्षिय तिमल्सिना आफैँमा नयाँ जोस जागर र पारदर्शी भएकै कारण पनि नगर सभापतिमा उनको विशिष्ठ चर्चा रहेको छ । नेपाली कांग्रेस भित्र गुटगत राजनिति हाबि भईरहदाँ त्यसले पार्टी कमजोर बनाएको तिमल्सिनाको भनाई छ । पार्टी भित्रको गुटगत राजनितिका कारण सम्भावना भएका मान्छे सधै पछि पर्नु परेको भन्दै आफू कुनै गुटमा आवद्ध नभई नगर सभापतिमा उम्मेदवारी दिएको उनले बताए । उनले भने, म कुनै गुटको नेता कार्यकर्ता नभई पार्टीको कार्यकर्ता हुँ । यस कार...
नेपाली कांग्रेस तारकेश्वर ४ को उप सभापतिमा राना

नेपाली कांग्रेस तारकेश्वर ४ को उप सभापतिमा राना

राजनिती, समाचार, स्थानिय तह
लक्ष्मण श्रेष्ठ ११ असोज,काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर ४ को उप सभापतिमा राना सर्वसम्मत चयन भएका छन् ।  २८ वर्षको उमेरमा राना नेपाली कांग्रेसका उप–सभापति हुन् सफल भएका हुन् । राना नेपाल विद्यार्थी संघमा विगत १० वर्षयता सक्रिय रुपमा जिम्मेवारी निर्वाह गर्दै र विद्यार्थीहरुको समस्याहरुलाई हल गर्दै आएका विद्यार्थी नेता समेत हुन् । असोज ५ गते सम्पन्न तारकेश्वर नगरपालिकाको वडा अधिवेशनबाट राना तारकेश्वर–४ का कांग्रेसका उपसभापतिमा चयन भएका हुन् । युवाहरुले देश हाक्नुपर्छ भन्ने मान्यताकहा साथ राना राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ । सक्षम रुपमा अगाडि बद्नुका लागि अबको नेतृत्वमा युवा हुनु जरुरत रहेको रानाले बताएका छन् ।...
धादिङ प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) उमेश कुमार श्रेष्ठको उम्मेदवारी घोषणा

धादिङ प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) उमेश कुमार श्रेष्ठको उम्मेदवारी घोषणा

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, असोज १० नेपाली कांग्रेस धादिङका युवा नेता उमेश कुमार श्रेष्ठले आसन्न प्रदेश सभा क्षेत्रिय अधिवेशनमा धादिङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) को उम्मेदवारी घोषणा गरेका छन् । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ विशालनगर,आरूघाट निवासी नेपाल तरूण दल साविक क्षेत्र नं. १,धादिङका पूर्व क्षेत्रिय अध्यक्ष समेत रहेका श्रेष्ठ धादिङका यूवाहरूका विच लोकप्रिय रहेका छन्।विभिन्न सामाजिक संघ संस्था र अभियानहरू मार्फत समाजसेवामा समेत संलग्न रहनुभएका तरूण नेता श्रेष्ठ त्यस क्षेत्रका जनताको प्रत्यक्ष सुख:दुखमा साथ दिने सहयोगी तथा परोपकारी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। आदिवासी जनजाति समुहवाट प्रदेश अधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले पार्टीको संगठनलाई सुदृढ,बलियो र व्यवस्थित बनाउन आफुले उक्त पदमा उम्मेदवारी ...
दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि

दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि

समाचार
काठमाण्डौं, असोज १० यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि खोल्ने भएको छ। अनलाइन प्रणालीमा गएकाहरूको अनलाइन र नगएकाहरूको टिकट काउन्टरमै पुगेर बुकिङ गर्न सकिने विभागका सूचना अधिकारी डा लोकनाथ भूसालले जानकारी दिएका छन् विभागले गएको वर्षदेखि नै लामो दूरीका बस सेवा सञ्चालकलाई अनलाइन बुकिङ प्रणालीमा आउन आग्रह गरेको थियो। तर, कोरोना महामारीका कारण पर्यटकीय क्षेत्रका बाहेक अनलाइन प्रणालीमा आइनसकेको उनले जानकारी दिए। डा भूसालले भने, ‘यसपल्ट पनि पूर्ण अनलाइन प्रणालीमा जान सकिएन। त्यसैले भीडभाड नगरी बुकिङ सेवा प्रदान गर्न यातायात व्यवसायीलाई निर्देशन गरिएको छ।...