न्यादी हाइड्रोपावरको आईपीओ हेर्नुहोस्
काठमाण्डौँ कार्तिक ५
न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । आज बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको हो ।
कम्पनीले असोज १५ गते शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
कम्पनिको आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । जसमा१३ हजार ९४६ जनाको आवेदकबाट प्राप्त १ लाख ८४ हजार ७० कित्ताको आवेदन रद्द भएको छ । २२ लाख ४१ हजार १३८ वटा योग्य आवेदकको गोलाप्रथाबाट २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले पाएका छन् । भने आईपीओमा आवेदन दि...









