Wednesday, October 28
Shadow

Author: Interview Nepal

राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन हुने

राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन हुने

टिप्स, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २ राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । ११-१३ मंसिरमा तय भएको महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गर्नेछन् । महाधिवेशनमा देश तथा विदेशबाट गरी चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ ।...
एमसीसी अनुमोदन गर्न व्यवसायी सङ्गठनको माग

एमसीसी अनुमोदन गर्न व्यवसायी सङ्गठनको माग

समाचार
काठमाण्डौं, कार्तिक २९ उद्योगी–व्यवसायीहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट जतिसक्दो छिटो अनुमोदन गर्दै कार्यान्वयनमा लैजान सरकारसमक्ष आग्रह गरेका छन् । एक महीनाकै बीचमा निजी व्यवसायीहरूका विभिन्न सङ्गठनले संयुक्त रूपमा सरकारलाई दुई वटा ज्ञापनपत्र बुझाइसकेका छन् राष्ट्रिय हितलाई ध्यानमा राख्न अनुरोध गर्दै उनीहरूले एमसीसी सम्झौता कार्यान्वयनमा आउन सकेमा महामारीबाट समस्यामा परेको नेपाली अर्थतन्त्रलाई राहत पुग्ने दाबीसमेत गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्दै नेपाल उद्योग वाणिज्य महासंघसहित नेपाल अमेरिका उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघका प्रतिनिधिहरूले ज्ञापनपत्रसमेत बुझाएका छन् । एमसीसी अन्तर्गतको प्रसारणलाइन निर्माण हुन नसके नेपालले प्रतिवर्ष ...
संचारकर्मी अधिकारीको नगद सहित मोबाईल फोन चोरी

संचारकर्मी अधिकारीको नगद सहित मोबाईल फोन चोरी

अपराध, समाचार
काठमाण्डौँ, कार्तिक २९ संचारकर्मी महेन्द्र अधिकारीको नगद रकम सहितको पर्स र मोबाईल फोन चोरी भएको छ । आईतबार बिहान ललितपुरको एकान्तकुना देखि काठमाण्डौँको नयाँ बस पार्क सम्म आउने क्रममा बसको एउटै सिटमा बसेको अपरिचित व्यक्तिले चोरी गरेको अधिकारीले बताए । पर्समा महत्वपूर्ण कागजात, नगद रुपैयाँ र करिब ३० हजारको मोबाईल फोन चोरी भएको उनले बताए । उनी रेडियो नेसनमा कार्यरत छन भने, राष्ट्रिय फोटो पत्रकार समुह नुवाकोटको सचिव समेत हुन् ।...
आफ्नै मामा र साथिहरुको योजनाबद्ध हत्याको सिकार बन्न पुगे भुपेन्द्र

आफ्नै मामा र साथिहरुको योजनाबद्ध हत्याको सिकार बन्न पुगे भुपेन्द्र

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौं, कार्तिक २८ पछिल्लो समय नेपालमा हत्या हिंसा जस्ता अपराधहरु दिन प्रतिदिन बढ्दै गइरहेको छ । केहि दिन अगाडि कैलालिको लम्किचुहा न.पा.१ का भुपेन्द्र वडुवालको निर्मम रुपमा सामुहिक हत्या भएको थियो । भुपेन्द्र वडुवालको हत्याले सामाजिक सन्जाल निकै तातिएको छ । रातको करिब ८ बजे भुपेन्द्र खाना खाएर सुत्ने तरखरमा थिए त्यतिकैमा भुपेन्द्रका साथि कपिल श्रेष्ठले भुपेन्द्रलाई फोन गरेर बोलाएपछि भुपेन्द्र र उनको अर्को साथि दिपेश न्यौपाने सँगै टिकापुर गएका थिए । घरबाट सकुसल निस्किएका भुपेन्द्रको लास घरमा आईपुगेको थियो । एकजनाले मात्र नभई समुह मिलेर भुपेन्द्र लाई खुकुरि हानि हत्या गरेका थिए । भुपेन्द्रमाथि खुकुरि प्रहारबाट घाईते भएपछि ईलाका प्रहरि कार्यलयबाट खटिएको प्रहरी टिमले उपचारका क्रममा टिकापुर अस्पताल पठाएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । साथिलाई सहयोग गर्न भनेर बाहिर...
एशियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर

एशियन लाइफ इन्स्योरेन्समा जागिरको अवसर

आर्थिक, जिवनसैली, टिप्स, ब्यानर समाचार 2, शिक्षा, समाचार, समाज, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक २८ एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरको लागि ५ जना कर्मचारीको माग गरेको छ । उपत्यका भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कम्पनीमा आवेदन दिनको लागि स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । मंसिर ४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । ...
आजदेखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु, हेर्नुहोस् खोप केन्द्र

आजदेखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु, हेर्नुहोस् खोप केन्द्र

टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २८ कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ । आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो । यसको दोस्रो मात्रा मंसिर २७ गतेदेखि दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्वका १३२ देशका नागरिकहरुले लगाइसकेको फाइजर खोप नेपालमा पहिलोपटक लगाउन थालिएको हो । यो खोप १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्छ । खोप पाउने १२ वर्षमाथिका दीर्घ रोगीको समूह निर्धारण गरेर देशभर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पूर्जा अनिवार्य लिएर तोकिएको अस्पतालमा जान मन्त्रालयले अनुरोध गरेको छ ।अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो । कहाँ–कहाँ छन् खोप केन्द्र ? स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ...
नेपाली पहिचान र संस्कृति जर्गेना गर्नकालागि राप्रपामा संगठित हुदैँ चन्द्रागिरि तीनथानाका युवाहरु

नेपाली पहिचान र संस्कृति जर्गेना गर्नकालागि राप्रपामा संगठित हुदैँ चन्द्रागिरि तीनथानाका युवाहरु

मुख्य समाचार, राजनिती, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २७ नेपाली पहिचान र संस्कृति जर्गेना गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिका वडा नं १५ को युवा संघमा युवाहरु संगठित हुने क्रम बढ्दो रहेको छ । हिन्दु राष्ट्र सहितको राजसंस्था, राष्ट्रियता, पहिचान, रीतिरिवाज र संस्कृति जोगाउनु पर्छ भन्ने उद्देश्यका साथ चन्द्रागिरि तीनथानाका युवाहरु एक जुट भईरहेका छन् । आज (शनिवार) राप्रपा चन्द्रागिरि नगरपालिका वडा नं १५ को युवा संघको चियापान कार्यक्रममा लोकतन्त्रको नाममा नेपालको पहिचान नै गुम्ने अवस्थामा पुगेकाले अब युवाहरु नै एक जुट भएर आफ्नो देश बचाउनु पर्ने समय आएको उपस्थीत युवाहरुको धारणा रहेको छ । विभिन्न राजनितिक दलको खोक्रो राष्ट्रियताबाट निरास भएका युवाहरु अब देशको निकास राप्रपाबाट नै सम्भव भएको भन्दै पार्टी प्रति युवाहरुको आर्कषण बढ्दै गएको छ । विविध कारणबाट समाजमा पिडित भएकाहरुको सारथी बन्दै समाज र र...
राप्रपाले गर्‍यो ७६ जिल्लाको नेतृत्व चयन, कुन जिल्लामा को ? (नामावलीसहित)

राप्रपाले गर्‍यो ७६ जिल्लाको नेतृत्व चयन, कुन जिल्लामा को ? (नामावलीसहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लामा नेतृत्व चयन गरेको छ । पार्टीले भक्तपुरबाहेक ७६ जिल्लाको नेतृत्व चयन सम्पन्न गरेको हो । महाधिवेशन प्रचारप्रसार विभागका अनुसार भक्तपुर भने भागबण्डा मिल्न नसक्दा उत्पन्न विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । भक्तपुरमा वडा तहको अधिवेशन सम्पन्न भएपनि क्षेत्र र जिल्लामा भने अधिवेशन हुन सकेको छैन । राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेकोको थियो । प्रदेश १ १) ताप्लेजुङ: अमृत साउदेन २) पाँचथरः जगतबहादुर थापा ३) झापाः केशव ओझा ४) इलामः याम प्रसाद चापागाई ५) संखुवासभा: महेश प्रेमी उदास ६) तेहथुमः टंक अधिकारी (७) धनकुटाः कुमारबहादुर थापा ८) मोरङ: माधव आचार्य ९) भोजपुरः केशर श्रेष्ठ ११) सुनसरीः दुर्गाबहादुर बस्नेत १२) उदयपुरः ध्रुव रायमाझी ...
बुद्धभुमि नेपालको शेयर सूचीकरण ढिलाई किन ?

बुद्धभुमि नेपालको शेयर सूचीकरण ढिलाई किन ?

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २६ बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ अझै सूचीकरण हुन सकेको छैन् । बाँडफाँड भइसको लामो समयसम्म भइसक्दा पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुन् नसकेको हो । कम्पनीको शेयर रजिष्ट्रार परिवर्तन हुदाँ शेयर सूचीकरणमा ढिलाई भइरहेको कम्पनीले जनाएको छ । यस अघि कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट रहेको थियो । अहिले कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल रहेको छ । सिभिल क्यापिटलले सिद्धार्थ क्यापिटललाई कम्पनीको शेयर हस्तातरण गर्न केही समय लाग्ने भएकाले शेयर सूचीकरणमा समय लम्बिएको हो । सिद्धार्थ क्यापिटलले अबको केही दिनमा सूचीकरण प्रकृया अघि बढाउने जनाएको छ ।...
टिकटक रियालिटी शो हुदैँ

टिकटक रियालिटी शो हुदैँ

जिवनसैली, टिप्स, मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ टिकटकमा केन्द्रित टेलिभिजन रियालिटी शोको घोषणा गरिएको छ। शिखर नेपाल प्रालिले टिकटक स्टार नेपाल रियालिटी शो–२०७८ प्रसारणमा ल्याउने भएको हो। शोमा अभिनय, गायन, नृत्य तथा कलात्मक प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने बुधबार राजधानीमा आयोजिक पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका छन्। शोमा गौरी मल्ल, रमेश उप्रेती र वर्षा शिवाकोटी निर्णायक रहनेछन्। शोको प्रतिस्पर्धामा प्रथम हुनेलाई कार, द्वितीयलाई मोटरसाइकल र तृतीयलाई स्कुटर उपहारसँगै उत्कृष्टभित्र पर्ने प्रतिस्पर्धीलाई कम्प्युटर, क्यामेरा, टीभी, फ्रिज, मोबाइल, घडीलगायतका उपहार प्रदान गरिने शोका निर्देशक हरि शर्माले जानकारी गराए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्कर्मीहरू भुवन केसी, सरोज खनाल, उद्धव पौड्याल, पुकार भट्टराई, सन्दीप अर्याल, ...