Tuesday, April 23
Shadow

आफ्नै मामा र साथिहरुको योजनाबद्ध हत्याको सिकार बन्न पुगे भुपेन्द्र


  • -इ
  • इ+

काठमाण्डौं, कार्तिक २८
पछिल्लो समय नेपालमा हत्या हिंसा जस्ता अपराधहरु दिन प्रतिदिन बढ्दै गइरहेको छ । केहि दिन अगाडि कैलालिको लम्किचुहा न.पा.१ का भुपेन्द्र वडुवालको निर्मम रुपमा सामुहिक हत्या भएको थियो । भुपेन्द्र वडुवालको हत्याले सामाजिक सन्जाल निकै तातिएको छ ।

रातको करिब ८ बजे भुपेन्द्र खाना खाएर सुत्ने तरखरमा थिए त्यतिकैमा भुपेन्द्रका साथि कपिल श्रेष्ठले भुपेन्द्रलाई फोन गरेर बोलाएपछि भुपेन्द्र र उनको अर्को साथि दिपेश न्यौपाने सँगै टिकापुर गएका थिए । घरबाट सकुसल निस्किएका भुपेन्द्रको लास घरमा आईपुगेको थियो । एकजनाले मात्र नभई समुह मिलेर भुपेन्द्र लाई खुकुरि हानि हत्या गरेका थिए । भुपेन्द्रमाथि खुकुरि प्रहारबाट घाईते भएपछि ईलाका प्रहरि कार्यलयबाट खटिएको प्रहरी टिमले उपचारका क्रममा टिकापुर अस्पताल पठाएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

साथिलाई सहयोग गर्न भनेर बाहिर निस्किएका थिए तर त्यहि साथिले नै योजनाबद्ध हत्या गरेको भनाई छ । भुपेन्द्रका आफ्नै मामा र साथिहरुले मिलेर खुकुरि हानि हत्या गरेको कुरा बाहिरिएको छ । भुपेन्द्र वडुवाल अमेरिका जाने तयारी गरिरहेका थिए तर मंगलवारको धटनाले भुपेन्द्रको सपना सबै सपना नै भएको छ ।

प्रहरीले हत्यामा संलग्न ८ आरोपिहरुलाई पक्रउ गर्न सफल भएको थियो । प्रहरिले यस घटनामा थप अनुसन्धान तथा खोज तलास भैरहेको र भर्खरै प्रप्त समाचार अनुसार थप १ जना पक्राउ परेको जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares