Saturday, May 9
Shadow

Author: Interview Nepal

आज दशैंको पहिलो दिन घटस्थापना, यसरी गर्नुस् पूजा (मन्त्रसहित)

आज दशैंको पहिलो दिन घटस्थापना, यसरी गर्नुस् पूजा (मन्त्रसहित)

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज २१ आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ । नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ । आज शास्त्रीय विधि अनुसार आज शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने...
हिन्दु धर्मवलम्बीको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै

हिन्दु धर्मवलम्बीको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै

Uncategorized, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ, असोज २० केशब श्रेष्ठ हिन्दु नेपालिहरुको महान चाड विजया दशमी भोलिबाट सुरु हुदै छ । बडा दशैं अर्थात् विजया दशमी  नेपालीहरूको महान चाडकोे रुपमा लिइन्छ । राष्ट्रिय चाडको रुपमा समेत मानिने दशैं हिन्दु धर्मवलम्बीहरूले घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ र दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म मनाउने गर्छन् । देश विदेश वा टाढा टाढा भएका आफ्ना परिवार, साथिभाइ र आफन्तजनसँग भेटधाट हुने वातावरण सिर्जना हुने यो समयले आफ्नो सुभचिन्तकहरु सँग खुसी र रमाइलो गर्ने सुनौलो अवसर जुटाइदिन्छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई खास अर्थ र महत्वका रुपमा लिइन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ...
प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी

आर्थिक, मुख्य समाचार, समाज
काठमाण्डौँ, असोज २० प्रभु लाइफ इन्स्योरेन्स लि ले मृतक केदार बहादुर अधिकारीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी दिएको छ । शाखा कार्यालय गोंगबुमा एक कार्यक्रमका बीच उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेल ले मृतककी श्रीमति शुशिला घिमिरेलाई प्रदान गर्नु भएको हो । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका घर भएका बीमित अधिकारीले डेढ वर्ष अघि प्रभु लाइफ इन्स्योरेन्स लि शाखा कार्यालय गोंगबुबाट १५ लाख रुपैयाको २० वर्षे अवधि राखेर आफ्नो जीवन बीमा गराएका थिए । निज बीमितको कोरोनाको कारणले अस्पतालमा मृत्यु भएको थियो । कूल बीमाङ्क रकम १५ लाख र आर्जित बोनस सहित जम्मा १६ लाख १२ हजार ५ सय रुपैयाँको चेक कम्पनीले बीमितको परिवारलाईहस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीबन बीमा कम्पनीको दायित्व भनेकै आर्थिक जोखिमको रक्षा ...
मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, असोज १९ मध्य भोटेकोशी जलविद्युत कम्पनीले भोलि (असोज २० गते, मंगलबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा कात्र्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कमपनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइनेछ ।...
पूर्ण मात्रा खाेप लगाउनेकाे सङ्ख्या ६४ लाख नाघ्याे, थप ९ सय ६८ जनामा काेराेना पुष्टि

पूर्ण मात्रा खाेप लगाउनेकाे सङ्ख्या ६४ लाख नाघ्याे, थप ९ सय ६८ जनामा काेराेना पुष्टि

समाचार, स्वास्थ्य
काठमाण्डाै, असोज १९ पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ प्रतिशतमा मात्रै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा ६ प्रतिशत अर्थात् नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९१ हजार दुई सय २४ पुगेको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार सात सय ६६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार चार सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा थप एक हजार एक सय १४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७१ हजार तीन सय ३८ पुगेको छ । यही अवधिमा थप ६ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ८० पुगेको छ । अहिले नेपालमा १६ हजार दुई सय ४८ जना सक...
विदुर ५ मा हेलिप्याड सहितको गंगटे पार्क उद्घाटन

विदुर ५ मा हेलिप्याड सहितको गंगटे पार्क उद्घाटन

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज १८ नुवाकोटको विदुर नगरपालिका वडा नं ५ मा रहेको जिल्ला कै पहिलो हेलिप्याड सहितको गंगटे पार्कको उद्घाटन गरिएको छ । आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले एक कार्यक्रमको बिच उद्घाटन गरेका हुन् । विदुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको सभापति नगरपालिकाका मेयर सन्जु पण्डित, प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, विषेश अतिथि भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली त्यस्तै अतिथिहरु जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, नगरपालिकाको उपमेयर गिता कुमारी दाहाल लगाएत नगरवासिहरुको उल्लेख्य उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पाण्डेले प्रदेश सरकारमा विभिन्न किसिमका पार्क निर्माणका लागि भन्दै बजेट माग्न...
दिगो शान्तिको संगठित कार्यको लागी विश्व शान्ति शिखर सम्मेलन आह्वान

दिगो शान्तिको संगठित कार्यको लागी विश्व शान्ति शिखर सम्मेलन आह्वान

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार, समाज
काठमाण्डौँ, असोज १८ विश्व शान्ति शिखर सम्मेलन वार्पको ७ औ बार्षिकोत्सव सम्पन्न भएको छ । सेप्टेम्बर १८ शानिवारका दिन अनलाइनमार्फत आयोजना गरिएको सम्मेलन कोभिड संक्रमणका कारण प्रभावित शान्तिका एजेण्डाहरुलाई अन्तर्राष्ट्रिय रुपमा पुनः गति प्रदान गर्ने भन्नेबारे केन्द्रीत रहेको थियो । साथै सम्मेलनले आगामी दिनहरुमा यसका लागि अन्तर्राष्ट्रिय प्रयासहरुको विकास गर्दै जाने योजनाहरुबारे  छलफल केन्द्रित गरेको थियो । हेवेनली कल्चर, वर्ल्डपिस, रेस्टोरेसन अफ लाईट ९एचडब्ल्युपीएल०ले, २०१४ को विश्व शान्ति शिखर सम्मेलनदेखि, शान्तिपुर्ण सहअस्तित्वको वातावरण सिर्जना गर्नको लागि संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको समर्थनमा नागरिक केन्द्रित शान्ति निर्माणका विभिन्न गतिविधिहरुको आयोजना गरि ूशान्तिको संस्कृतिू स्थापनाका लागि पहल गर्दै आएको छ। विश्व शान्ति सम्मेलनले अन्तराष्ट्रिय कानुन, धर्म, शि...
राम स्याङ्गतान र तारा श्रीष मगरको स्वरमा “तिहारको फुल दशैंको अक्षेता” म्युजिक भिडियो बजारमा

राम स्याङ्गतान र तारा श्रीष मगरको स्वरमा “तिहारको फुल दशैंको अक्षेता” म्युजिक भिडियो बजारमा

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/असोज,१७ ललितपुर नेपालीहरुको महान् चार्ड बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै हरेक बर्ष जस्तै यो बर्ष पनि बिभिन्न गीत संगीतहरु बजारमा आउन थालिसकेका छन् । यहि मान्यतालाई मध्यनजर गर्दै लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले “तिहारको फुल दशैंको अक्षेता” बोलको गीतलाई सार्वजनिक गरेका छन् । गायक तथा सर्जक स्याङ्गतानको पछिल्लो समय बजारमा आएको गीतमा नेपाल आइडल कि प्रतियोगी तारा श्रीष मगर र राम स्याङ्गतानको नै सुमधुर स्वर सुन्न सकिन्छ । “तिहारको फुल दशैंको अक्षेता” गीतलाई लय तथा शब्द सिर्जना लोकप्रिय गायक तथा सर्जक राम थापा शिसिरको रहेको छ। यस गीतको म्युजिक भिडियोलाई निर्देशन अमोन रानाले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन संगीत बानियाँले गरेका छन् । गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज, आयुष्मा कार्की, सबिना लामा र कुमार नेपालको अभिनय देख्न सकिन्छ । ...
साहस उर्जाको आईपीओ नतिजा हेर्नुहोस

साहस उर्जाको आईपीओ नतिजा हेर्नुहोस

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज १७ साहस उर्जा लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले ओदन दिएका थिए । जसमा २३ लाख ८३ हजार ४६० जनाको मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ६ लाख ४४ हजारले १० कित्ता सेयर पाएका छन् । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवदेकले मात्रै आईपीओ पाएका हुन् । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेक...
वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ वार्षिक साधारण सभा सम्पन्न

वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ वार्षिक साधारण सभा सम्पन्न

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज १६ डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ साधारण सभा सम्पन्न भएको छ । आज बागबजार स्थीत होटल हार्दिकमा संस्थाका अध्यक्ष सुरज केसीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोड को सह अध्यक्ष दक्ष पौडेल (सुवास), विशेष अतिथि काठमाण्डौँ महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्की त्यस्तै अतिथिहरुमा तारकेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष मनोहरि तिवारी, संस्थाका सचिव अर्जुन प्रसाद रिमाल, प्रबन्ध निर्देशक देश मर्दन बस्न्यात, प्रमुख सल्लाहाकार लक्ष्मण मोहन ध्वज जोशी, क्रोधरहित संसारका उपाध्यक्ष डा. लक्ष्मण शाक्य लगाएतको उपस्थीति रहेको थियो । १ हजार ९ सय सदस्य रहेको संस्थाको कुल पुँजि २६ करोड ७३ लाख ८७ हजार ७ सय ३० रुपैयाँ ८१ पैसा रहेको छ । भने संस्थाको मुनाफा १३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८ प्रत...