Tuesday, March 19
Shadow

कांग्रेसको सहमहामन्त्रीमा युवा नेता पाण्डेको उम्मेदवारी


  • -इ
  • इ+

 

 

 

 

 

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा युवा नेता बद्री पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पाण्डेले १४ औँ महाधिवेशनमा आफू सहमहामन्त्री पदमा उम्मेदवार घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दै पाण्डेले आफू सहमहामन्त्री बनेपछि केन्द्रीय समितिलाई साथमा लिएर चार ‘ब’को माध्यमबाट पद्धतिप्रधान पार्टी बनाउने दाबी गर्नुभयो ।संगठन सुदृढीकरणका लागि गर्न चार ‘ब’ को अवधारणा अथ्र्याउँदै पाण्डेले भन्नुभयो, ‘पहिलो ‘ब’ भनेको बिचार हो । दोस्रो ‘ब’ बिधानको अक्षरशः पालना, तेस्रो ‘ब’ नियमित बैठक र चौथो ‘ब’ भनेको व्यवस्थापन हो । व्यवस्थापनमा भ्रातृ संगठनदेखि पार्टी संगठन, कार्यकर्ता, कार्यालय र अर्थ व्यवस्थापन हो ।’

पार्टीहरु नसुधिँदासम्म देश नसुध्रिने भन्दै उहाँले नेतृत्व र पार्टी सुधारको अभियान नै चलाइने बताउनुभयो । २००३ साल देखि २०१७ सालसम्म १४ वर्षमा सातवटा महाधिवेशन गरेको कांग्रेसमा २०४८ सालपछिको ३१ वर्षमा थप सात वटा महाधिवेशन गर्न नसक्नु लाजमर्दो भएको उहाँको टिप्पणी थियो ।

चार वर्षे पदावधि भएको नेतृत्वले थपिएको एक वर्ष र त्यसमा अरु ६ महिना थप्दा पनि महाधिवेशन गर्न नसक्नु निष्क्रियताको चरम अवस्था भएको पाण्डेको टिप्पणी थियो । ०४८ सालपछि चाररचार वर्षमा नियमित महाधिवेशन भएको भए अहिले पार्टीले १६औँ महाधिवेशन गर्नुपर्ने थियो, पाण्डेले बताएका छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares