Thursday, May 7
Shadow

Author: Interview Nepal

सुदूरपश्चिम :अस्पतालमा नेटवर्क छैन

सुदूरपश्चिम :अस्पतालमा नेटवर्क छैन

ब्यानर समाचार 2
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदवरीमै उक्त स्थानमा रहेको मालाखेती अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन । अस्पतालका कार्यालय प्रमुख डा अम्रेश कोइरालाले भने अस्पतालको भवनभित्र छिर्ने बित्तिकै मोबाइल फोनमा टावर जाने गरेको बताउनुहुन्छ ।अस्पतालभित्र मोबाइलमा नेपाल टेलिकमको नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने गुनासो गर्दछन् । अन्य कर्मचारीको गुनसो छ, “जरुरी कामले कसैले फोन गर्दा पनि सम्पर्क हुन सकेन भन्छ”, फोन गर्न पनि अस्पताल भवन बाहिर जानुपर्ने बाध्यता छ । अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीयवासी नरेश महरा बताउनुहुन्छ । नेपाल टेलिकम अत्तरिया शाखाका वरिष्ठ प्राविधिक अधिकृत सुरत मल्ल भन्नुहुन्छ, “अस्पतालबाट पाँच सय मिटर टाढा नेटवर्क ट...
रसुवामा नवनिर्वाचित २५ वडाध्यक्षलाई प्रशिक्षण

रसुवामा नवनिर्वाचित २५ वडाध्यक्षलाई प्रशिक्षण

ब्यानर समाचार 2, राजनिती
 बागमती प्रदेश सुशासन केन्द्र एवं जिल्ला समन्वय समितिको आयोजनामा पाँच गाउँपालिकाका सबै नवनिर्वाचित वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी पहिलो पटक दुई दिने अभिमुखीकरण प्रशिक्षण प्रदान गरिएको बताउँदै जिससका उपप्रमुख विजय लामाले यसबाट सरकारको नीति एवं जारी भएका ऐन नियमबमोजिम जनतालाई दिनुपर्ने सेवा प्रभावकारी हुने अपेक्षा गर्नुभयो। जिल्लाका २७ वडाध्यक्षमध्ये २५ जना सहभागी भएका र उनीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण, राजस्व सङ्कलन, प्रतिवेदन तयार, माइन्युटबुक तथा मुचुल्का लेखन, योजना तर्जुमा, नागरिकता प्राप्तिको लागि सिफारिस गर्ने तरिकाजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको जिल्ला समन्वय अधिकारी शर्मिला कार्कीले जानकारी दिनुभयो ।यस प्रशिक्षणले वडाबाट सम्पादन गर्ने काम अगाडि बढाउन निकै मद्दत मिल्ने कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेश न्यौपानेले जानकारी दिनुभयो । राजस्व सङ्कल...
दुःखशास्त्र

दुःखशास्त्र

ब्यानर समाचार 2, साहित्य/कला
नसोध गरिबको भगवान् जसले निभाउँछ पेटको आगो उ नै उसलाई पुजनीय हुन्छ नसोध गरिबको रसानुभूति गरिबको रगतमा पनि मिठास छ जसले मौका पाउँछ पिएर प्यास मेटाउँछ नसोध गरिबको प्रणयकथा गरिबको लाजमा पनि नाफा छ पतितले बेचेर महल सजाउँछ नसोध गरिबका पसिनाको मूल्य नवधनाढ्यका हरेक स्वर्ण गाँसमा बेकसुर हरणमा परेको छ भोकले निचोरेको छ जसलाई रोगले चिथोरेको छ जसलाई शोकले पिरोलेको छ जसलाई गरिबी बेचेर सास धान्नु छ जसलाई तिनीहरुको अवस्थाबारे न सोध्दा राम्रो हुन्छ हो न सोध्दा राम्रो हुन्छ घरको चुलो बाल्न चर्को धुपमा जल्नेहरुको कथा दुई चिम्टी माटोको अभावमा आफन्तको शव बाढीमा बगाउनेहरुको व्यथा चुहिएको छानोमा अनिदा रात काट्नेहरुको कथा शुदखोरहरुको चंगुलमा टिलपिलाएका आँशुहरुको व्यथा हरेक दिन जल्ने भोका लाशहरुको कथा-व्यथा प्रिय तिम्रो निगाहबाट न्या...
कांग्रेसकाे विकल्प नेतृत्वकाे आचरण र व्यवहारमा सुधार

कांग्रेसकाे विकल्प नेतृत्वकाे आचरण र व्यवहारमा सुधार

ब्यानर समाचार 2, राजनिती, विचार
  कांग्रेस पार्टीको बैचारिक पक्ष कसैले खाेजिरहनु पर्दैन; बिधान र प्रचलनले प्रस्टयाएकाे छ ,खाेज्न पर्छ पार्टी परिचालन गर्ने झनक देखाएका कृयाशील राष्ट्रिय अन्तराष्ट्रिय प्रभाब बाेकेकाे युवाकेन्द्रित राजनिति गर्नसक्ने बिपक्षिलाई समेत बिचारले प्रतिबाद गरेर परास्त गर्न सक्ने भ्रष्टाचारमा नमुछिएकाे समाजबादी आचरण भएकाे देशर जनताकाे बिचमा बेलाबेलामा पुगेकाे प्रकाेप बिपद महामारीमा अफ्ननाे गक्ष अनुसार सेबा सहयाेग पुर्याएकाे समन्वयात्मक भूमिका निर्बाहमा खारिएकाे युबा नेता समेटेरअगाडि बढने बयक्तित्व। शात्ति र शत्ताबेगरपनि बाच्न सकिन्छ भन्ने मानसिकता बाेकेकाे नेतृत्व चयन गरेर बिधान बंमाेजिम टिम अगाडि बडे कांग्रेस जनबिश्वासकाे पार्टी बन्न कांग्रेसलाई कसैले राेक्न सक्दैन । तर पार्टीले कुनै मूल्याङकन नगरी गुट गुन्डा दलाल दुई नम्मर धन्दामा लिप्त र आफ्ना लम्पट समर्थक मात्र पार्टीमा हालिमाेहाल...
मुगुको स्याउले बजार नपाउँदा शीतभण्डारणमा थुपारेर राख्न बाध्य

मुगुको स्याउले बजार नपाउँदा शीतभण्डारणमा थुपारेर राख्न बाध्य

कृर्षि, ब्यानर समाचार 2
मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन,  स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।” । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ, तर  बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।...

शैक्षिक सुधारका लागि जनप्रतिनिधि विद्यालय धाउँदै

ब्यानर समाचार, शिक्षा
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन  जानकारी नदिइकन जनप्रतिनिधिहरु विद्यालयमा पुग्न थालेका छन् ।  नगरप्रमुख र उपप्रमुख नगरपालिकाको शिक्षा शाखाको टोलीसहित विद्यालयको  कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षणसमेत गर्ने गरेका छन् । विद्यालयको वास्तविकताबारे जानकारी लिने उद्देश्यले नगर भित्रका ८० वटै विद्यालयमा पुगेर अन्तरक्रिया गर्न थालेको उपप्रमुख सिता थापाले जानकारी दिनुभयो । उपप्रमुख थापा नगरपालिका भित्रका प्रायः सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार पर्याप्त भए पनि दरबन्दी अभाव, शैक्षिक सामग्रीको अभाव, विद्यार्थीको सङ्ख्या न्यूनलगायत समस्या देखिएको बताउनुहुन्छ । नगर शिक्षा शाखाका विद्यालय निरीक्षक गोपाल खड्काका अनुसार विद्यालयको शैक्षिक अवस्था, फर्निचर, खातापाता, पुस्तकालय, दैनिक कार्यतालिका, कार्यविभा...
कञ्चनपुरमा जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

ब्यानर समाचार 2, समाचार
जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक रमेश रावल बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो । होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । “अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो, “मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ ।” परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताउनुभयो । ...
सिरियामा आप्रवासी चढेको डुङ्गा डुब्दा चौँतीसको मृत्यु

सिरियामा आप्रवासी चढेको डुङ्गा डुब्दा चौँतीसको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको  सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि एक सय ५० जना जति आप्रबासी लिएर सो डुङ्गा साइप्रसका लागि हिँडेको बताएको छ । डुङ्गामा क्षमता भन्दा धेरै मानिसहरु चढेका कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर उक्त डुङ्गा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उद्धार गर...
एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

ब्यानर समाचार 2
एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी  मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् । मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाइल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने विकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । साथै बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ बैंकको एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर्ड गरेर सजिलै भुक्तानी गर्न सक्ने छन् ।...
‘हैट’ बुद्धि तामाङले गरे अनु थिङसँग बिहे

‘हैट’ बुद्धि तामाङले गरे अनु थिङसँग बिहे

ब्यानर समाचार 2, मनोरञ्जन
कलाकार बुद्धि तामाङ  र अनु थिङ वैवाहिक जीवनमा बाँधिएका छन् ।  तामाङ परम्परा अनुसार शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।...