Thursday, May 7
Shadow

Author: Interview Nepal

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले  ४ प्रतिशत मात्र लाभांश बाड्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ४ प्रतिशत मात्र लाभांश बाड्ने

ब्यानर समाचार 2, समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो। कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।  ...

भारतलाई राष्ट्रसङ्घद्वारा दिइने ‘स्पेसल प्रोग्राम अन प्राइमरी हेल्थ केयर अवार्ड’

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
भारतको राष्ट्रिय स्वास्थ्य अभियानअन्तर्गत उच्च रक्तचाप रोकथाम तथा नियन्त्रणका लागि भारतले संयुक्त राष्ट्रसङ्घको पुरस्कार प्राप्त गरेको छ । इन्डिया हाइपरटेन्सन कन्ट्रोल इनिसियटिभ (आईएचसीआई) उच्च रक्तचाप हस्तक्षेप परियोजना भारतको एउटा बृहत् योजना हो । भारतको विद्यमान प्राथमिक स्वास्थ्य सेवा प्रणालीभित्र यसको लागि मान्यता प्राप्त छ । सन् २०२२ को राष्ट्रसङ्घीय आकस्मिक कार्यबल र डब्ल्युएचओ स्पेसल प्रोग्राम अन प्राइमरी हेल्थ केयर अवार्ड भारतलाई आईएचसीआईका लागि बुधबार न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको महासभामा प्रदान गरिएको हो । “यो अत्यन्त प्रभावशाली पहलले संयुक्त राष्ट्रसङ्घबाट प्रसंशा पाएको छ । हामी स्वस्थ र स्वस्थ भारत निर्माण गर्न प्रतिबद्ध छौं,” भारतका संघीय स्वास्थ्य मन्त्री मनसुख माण्डवियाले एक विज्ञप्तिमा भन्नुभएको छ । अधिकारीहरूका अनुसार आईएचसीआई नोभेम्बर २०१७ मा सु...
महानगरले हटायो वीर अस्पताल अगाडिका अस्थायी टहरा

महानगरले हटायो वीर अस्पताल अगाडिका अस्थायी टहरा

ब्यानर समाचार 2
महानगरपालिकाको नगर प्रहरीले आज वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसेर बनाइएका औषधि पसल सञ्चालनमा रहेका टहरा हटाएको हो । महानगरपालिकाले बुधबार नक्साविपरीतका टहरा सञ्चालन भएको भन्दै सम्बन्धित पसलेलाई खाली गर्न आग्रह गरेको थियो । महानगरको सूचनासँगै केही पसलेले आफ्नो पसलमा रहेका सामग्री अन्यत्र सारेका थिए भने केहीले भने सार्न पाएका थिएनन् । महानगरले यसअघि काठमाडौँको कोटेश्वर, बानेश्वर, न्यूरोड, नयाँ बसपार्क, सोह्रखुट्टे, बनस्थली, चाबहिल, वसुन्धरालगायतका क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका तथ नक्सा पास नगरेका घर तथा टहरा हटाउँदै आएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नक्साविपरीत बनाइएका अवैध संरचना तथा टहरा हटाइएको जानकारी दिनुभयो । ...
सुडानमा आएको बाढीबाट एक सय छयालीसको मृत्यु

सुडानमा आएको बाढीबाट एक सय छयालीसको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको  र व्यक्ति पनि हराइरहेका नेसनल काउन्सिल फर सिभिल डिफेन्सले  जानकारी दिएको छ । बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ । यहाँको उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पु¥याएको बताइएको छ । बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पु¥याएको छ । यो बाढीबाट गएको जुन महिनादेखि यहाँ कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन् । उनीहरुमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन् । सो काउन्सिलले यहाँ यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको छ । ...
मनाङको शैक्षिक अवस्था :विद्यालय भवन र शिक्षक छन्, विद्यार्थी छैनन्

मनाङको शैक्षिक अवस्था :विद्यालय भवन र शिक्षक छन्, विद्यार्थी छैनन्

ब्यानर समाचार 2
हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् । नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । “भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाए सकिना साथ विद्यालय रित्तिने गरेका छन्”, उहाँले भन्नुभयो । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ । जोखिम अवस्थामा रहेका व...
भारतका गौतम अडानी विश्वकै दोश्रो धनी

भारतका गौतम अडानी विश्वकै दोश्रो धनी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
‘आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२२’ बुधबार सार्वजनिक भएको छ ।  भारतका सबैभन्दा धनी १४९ को धनदौलतको स्थिति सूचीकृत यस सूचीमा अडानी समूहका अध्यक्ष गौतम अडानी १०.९४ लाख करोड भारुको सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । अडानी फोर्ब्सको​ सूचीमा भर्खरै जेफ बेजोसलाई उछिनेर विश्वको दोस्रो धनाढ्य व्यक्ति बनेका छन् । हरुनको धनाढ्य सूचीको दोस्रो स्थानमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी छन् । उनको सम्पत्ति ७.९४ लाख करोड भारु रहेको सूचीमा उल्लेख छ । गत वर्ष २०२१ सेप्टेम्बर ३० मा अघिल्लो सूचि सार्वजनिक भएयता अडानीले हरेक दिन १६ अर्ब १२ करोड भारु कमाएको पाइएको छ ।  यस अवधिमा अम्बानीको दैनिक कमाई भने २ अर्ब १० करोड भारु थियो । अडानीको सम्पत्ति एक वर्षमा ११६ प्रतिशतले बढोत्तर भएको छ भने अम्बानीको सम्पत्ति ११ प्रतिशतले बढेको छ । अघिल्लो सूचीमा अम्बानी पहिलो स्थानमा थिए भने अडानी...
शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्री यादवको आग्रह

शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्री यादवको आग्रह

ब्यानर समाचार 2, समाचार
 शिक्षा पत्रकार समाजको दोस्रो वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री बोधमायाकुमारी यादवले  शिक्षण संस्था बालबालिकाको पढ्नका लागि खोलिएका पवित्र मन्दिर भएकाले विश्वविद्यालय वा विद्यालयमा तालाबन्दी र अवरोध तथा राजनीति अवाञ्छनीय भएको स्पष्ट गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षण संस्था पठनपाठनको थलो भएकाले शिक्षालयलाई राजनीतिक मैदान नबनाउन आग्रह गर्नुभएको छ । उहाँले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ हालै सार्वजनिक भएकाले सोअनुसार कार्यान्वयनका लागि सबै पक्षको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले प्रविधि र सामाजिक सञ्जालको प्रभुत्व रहेको आजको युगमा शिक्षाको महत्व अझै बढ्ने भएकाले विज्ञान र प्रविधिको विकास र त्यसका फलस्वरुप विश्वव्यापीकरणले संसारलाई खुम्च्याइरह...
अपडेट : कपन आगलागीमा मृतकको संख्या ३ पुग्यो

अपडेट : कपन आगलागीमा मृतकको संख्या ३ पुग्यो

ब्यानर समाचार 2
बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा बुधवार साँझ   गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो । आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । मृतकको पहिचान खुलेको छैन् । इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् ।
निर्वाचनमा खर्च विवरण नबुझाएका जनप्रतिनिधिलाई  जरिवाना

निर्वाचनमा खर्च विवरण नबुझाएका जनप्रतिनिधिलाई जरिवाना

ब्यानर समाचार 2, राजनिती, स्थानिय तह
स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो । उहाँहरू स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी हुनुभएको थियो । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ । उहाँले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्नुुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई सबैभन्दा बढी जनही रु पाँच लाख ५० हजार जरिवाना बुझाउनेमा पर्नुहुन्छ । त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चाय र उपप्र...
काठमाडौँ महानगरले बाह्य विज्ञापनमा लगायो रोक

काठमाडौँ महानगरले बाह्य विज्ञापनमा लगायो रोक

ब्यानर समाचार 2
राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ । महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड/डिजिटल बोर्ड/अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ ।  उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ । सूचना उल्लङ्घन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो । ...