Thursday, May 7
Shadow

Author: Interview Nepal

अमेरिकाको ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

अमेरिकाको ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ । प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट युवातर्फ चुके फुटबल क्लब भर्सेस कोलम्बस स्टार सेमिफाइनलमा पुगेको छ । त्यसैगरी भेट्रानतर्फ(३५ वर्षमाथिका पुरुष समूह)को खेलमा कोलम्बस इन्ट्रा भेट्रान्स क्लब र इन्ट्रा फुटबल क्लब सिनसिनाटी फाइनलमा पुगेको छ । प्रतियोगिता आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका संयोजक राम थापाका अनुसार महिलातर्फ कोलम्बस स्टार फुटबल क्लब र एनडी साइनिङ स्टार फाइनलमा प्रवेश गरेको छ । लिग र नकआउटका माध्यमबाट यसअघि महिलातर्फ सिन्सी रेबल्स फुटबल क्लब भर्सेस कोलम्बस स्टार, वारियर फुटबल क्लब भर्सेस एनडी साइनिङ स्टारबीच प्रतिस्पर्धा भएको थियो । युवा, भेट...
युरोपको समृद्धि नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष  ढकालको आग्रह

युरोपको समृद्धि नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

ब्यानर समाचार 2
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गर्नुभएको छ । स्वीडेनमा आज आयोजित गैरआवासीय नेपाली सङ्घ, एनआरएनको युरोप क्षेत्रीय १४ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले युरोपमा रहेका सबै नेपालीहरुलाई त्यहाँ आर्जन गरेको समृद्धि नेपाल भित्र्याउन तथा युरोपका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गर्नुभएको एनआरएन युरोप समितिले जनाएको छ । सो बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “युरोप होस् या संसारका विभिन्न देशमा नेपालीहरु ज्ञान, सीप, पूँजी र प्रविधि आर्जनका लागि रहने गरेका छन्, आफ्ना यी आर्जनहरुलाई नेपाल भित्र्याउँ, हाम्रो देशको समृद्धि पनि धेरै टाढा छैन ।” कतिपय एनआरएन एवं लगानीकर्ताहरुले नेपालमा लगानीको वातावरण छैन भन्ने गरेको प्रसङ्ग उल्लेख गर्...
दशैँका लागि च्याङ्ग्रा काठमाडौँ ल्याइँदै

दशैँका लागि च्याङ्ग्रा काठमाडौँ ल्याइँदै

ब्यानर समाचार 2
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिनुभयो । कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो रु एक हजार एक सय ५० मा खरिद गर्न लागेको जानकारी दिएको छ । कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ । यसैबीच, स्थानीय पालिका जनप्रतिनिनिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ । कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दशैँअघि नै उक्त क्षेत्रम...
सिक्किम, फिजी, क्राइमिया, श्रीलंका, ताइवान आदी ।

सिक्किम, फिजी, क्राइमिया, श्रीलंका, ताइवान आदी ।

ब्यानर समाचार 2, विचार
लेखक: चिरन कोइराला सिक्किमः एउटा सार्वभौम देश कसरी अर्को देशमा विलय हुन्छ भन्ने इतिहास छ सिक्किमको । हाल भारतको एक प्रान्तको रुपमा रहेको सिक्किम कुनै बेला एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुक थियो । भारतले लेन्डुप दोर्जेको पार्टीलाई ३२ मध्ये ३१ सिटमा चालपुर्वक चुनाव जिताई संसद्को निर्णयबाट सिक्किमलाई भारतमा विलय गराउने फैसला गराउन प्रमुख भूमिका खेलेको थियो । पछि सिक्किम भारतमा विलय भयो । सिक्किम भन्ने देश विश्व मानचित्रमा अहिले भेटिदैन । फिजीः नागरिकता र बसाइसराइबाट जनसंख्याको स्वरुप नै परिवर्तन गरी कसरी सत्ताकब्जा हुन्छ भन्ने इतिहास छ फिजीको । सात समुद्रपारिको फिजीमा सन् १८७९ मा योजनावद्ध रुपमा ३१ जना भारतीय कामदार पुर्‍याएर गरिएको बसाइसराइबाट भारतीयको बसोबास सुरु भएको पाइन्छ । फिजीमा त्यसपछि भारतबाट क्रमशः कामको लागि भनेर आप्रवासनलाई तीव्र बनाइयो । क्रमशः फिजीको तत्कालीन स...
पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिए पछि किसानहरू चिन्तित

पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिए पछि किसानहरू चिन्तित

कृर्षि, ब्यानर समाचार 2
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिए पछि किसानहरू चिन्तित भएका छन्  ।  जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो । गैँडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई सङ्क्रमण देखिएकामा चिन्ता व्यक्त गर्दै किसानले धानको उत्पादन घट्ने गुनासो गरेका उहाँको भनाइ थियो । “नगरभित्रका धेरै किसानले ह्वाइट फ्लाईबारे गुनासो गर्न थाल्नुभएको छ”, शाखाप्रमुख शर्माले भन्नुभयो, “कृषकको धान खेतमा गएर हेर्दा पनि पसाउने बेलाको धानमा धेरै सङ्क्रमण देखेका छौँ, यसको नियन्त्रणका लागि माथिल्लो निकायलाई जानकारी गराइसकेका छौँ ।” कृषि ज्ञान केन्द्रका सूचना अधिकारी ...
पाकिस्तानमा खाद्य अभावको चिन्ता लिनु नपर्ने दावी

पाकिस्तानमा खाद्य अभावको चिन्ता लिनु नपर्ने दावी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
 पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो । आगामी छ महिनाका लागि पुग्नेगरी खाद्य पदार्थको भण्डारण गरिएकोले चिन्ता लिनु नपर्ने केन्द्रका अधिकारीहरूको दावी छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक रुपमा जनधनको क्षति भइरहेकाले खाद्य पदार्थको पनि अभाव हुनसक्ने चिन्ता व्यक्त भइरहेका बेला अधिकारीक निकायका अधिकारीहरूले खाद्य पदार्थको अभाव नरहेको स्पष्ट पारेका हुन् । अहिले भण्डारण भएको खाद्य पदार्थ सकिने बेलासम्म अर्को बाली भित्र्याइने भएकाले पनि खाद्य पदार्थको समस्या नहुने अधिकारीहरूको विश्वास छ । पाकिस्तानमा अहिलेको मनसुन सुरु भएदेखि यता बाढी पहिरोका कारण एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने झण्डै १३ हजार घाइते भएका छन् । गत मध्य जुनदेखि पाकिस्तानमा मनसुन सुरु भएको र लगातारको बर्षा...
दराजले अब डेलिभरीका लागि विद्युतीय बाइक स्कुटर प्रयोग गर्ने

दराजले अब डेलिभरीका लागि विद्युतीय बाइक स्कुटर प्रयोग गर्ने

ब्यानर समाचार 2
वातावरण मैत्री सञ्चालन तर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ, जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिनेछ । विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने छ। यस नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने 'क्लिन एण्ड ग्रिन' बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ। साथै, कम्पनीले दुई र चार पाङ्ग्रे दुवै खण्डमा आफ्नो फ्लीटमा विद्युतीय सवारी साधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ। दराजकी प्रबन्ध निर्...

आजदेखि फुलपातीसम्म न्यूरोड प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनको पार्किङ खुलामञ्चमा

ब्यानर समाचार 2
न्यूरोड क्षेत्रमा हुने सवारीसाधनको चापलाई मध्यनजर गर्दै खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दशैंको लागि हुने किनमेलका कारण न्यूरोड क्षेत्रमा सवारी चाप बढ्दो छ। त्यसैलाई व्यवस्थापन गर्न खुलामञ्चमा असोज ८ गतेबाट पार्किङको व्यवस्था मिलाइएको हो। न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपाङ्ग्रे सवारी साधनलाई आजदेखि फुलपातीको दिनसम्म खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।...
पूर्वाधार क्षेत्र : आर्थिक समृद्धिका लागि  मेरुदण्ड

पूर्वाधार क्षेत्र : आर्थिक समृद्धिका लागि मेरुदण्ड

ब्यानर समाचार 2
नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विटका सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम’मा अधिकांश वक्ताहरुले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले सरकारले निर्माण क्षेत्रका लागि समयमा रकम भुक्तानी नगर्दा व्यवसायी मारमा परेको बताउनुभयो । “ठेक्का पार्नका लागि कम रकम राखेर टेण्डर हालिन्छ, त्यही रकम पनि समयमा पाइँदैन, त्यसकारण व्यवसायी मर्कामा परेका हुन्”, उहाँले भन्नुभयो । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र निर्माण व्यवसाय भएकाले यसलाई अगाडि बढाउन पत्रकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “पूर्वाधार विटमा कलम चलाउने सञ्चारकर्मीलाई मर्यादित र व्यवस्थित बनाउन कार्यक्रमले सहयोग पुग्ने व...
२४ घर निर्माण गरिने विपन्न दलित र असहायका लागि

२४ घर निर्माण गरिने विपन्न दलित र असहायका लागि

ब्यानर समाचार 2, समाज
 शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडा नं २ स्थित कनकपट्टिमा आवास निर्माणको काम शुभारम्भ गर्दै आवासका कारण कसैले दुःख भोग्न नहुने बताउनुभयो । हाललाई तराई मधेस समृद्धि कार्यक्रम र वडा नम्बर २ ले विनियोजन गरेको बजेटबाट आवास निर्माण सुरुआत गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “बाँकी अन्य लक्षित परिवारका लागि नगरपालिकाको बजेटबाट आवास निर्माणमा सहयोग गरिनेछ ।” नगरपालिकाका पाँच सय घरधुरीका लागि छानामा जस्तपाताको लागि सहरी विकास मन्त्रालयमा पहल भइरहेको उल्लेख गर्दै नगरप्रमुख गुप्ताले यस क्षेत्रमा आवासको कारणले कुनै पनि जनतालाई दुःख हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आवास निर्माण कार्यक्रमका लागि तराई मधेस समृद्धि कार्यक्रमको रु ४० लाख, वडा नं २ कार्यालयबाट रु १५ लाख र ह्याविट्याट फर ह्युमानिटी नेपाल र महुली सामुदायिक विकास केन्द्रको रु ५५ लाख गरी कूल रु एक...