Wednesday, April 24
Shadow

उम्मेदवारी फिर्ता लिन आज दिउँसोसम्म सकिने, चुनाव चिह्न पनि आजै दिइने


  • -इ
  • इ+

काठमाडौँ- निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।

आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ ।

अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिने गरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यस पटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभातर्फ ३ हजार ४८१ जनाको उम्मेदवारी परेको विवरण आयोगले मङ्गलवार सार्वजनिक गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares