काठमाडौ , फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई फेरि पत्र बुझाएको छ ।
आज आयोग पुगेका नेता राजेन्द्र पाण्डेले विवाद निरुपण छिट्टै गर्नका लागि ताकेतापत्र बुझाएको बताए ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो आइतबार आयोगको बैठक बस्ने र प्रक्रिया अघि बढाउने जानकारी दिएको पाण्डेले बताए ।