Friday, April 26
Shadow

मालपोत कर्मचारी र लेखापढी व्यवसायी घुससहित पक्राउ


  • -इ
  • इ+

सर्लाही, २३ पुस । मालपोत कार्यालय हरिवन सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतो घुस रकमसहित पक्राउ परेका छन् ।

जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले लेखापढी व्यवसायी राम सुन्दर महतोलाई सेवाग्राहीबाट रु।११ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

यस्तै नायब सुब्बा बेदनिधी बराल समेतलाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares