Tuesday, April 16
Shadow

Tag: कोरोना

राष्ट्रियसभाका एक सांसदसहित ६ जनालाई कोरोना

राष्ट्रियसभाका एक सांसदसहित ६ जनालाई कोरोना

समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १७ संघीय संसदको राष्ट्रियसभाका एक सदस्यसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रियसभाका १ सदस्य र ५ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। एक जना माननीय सदस्य र पाँच जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ हिजो बिहीबार ९७ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए। राष्ट्रियसभाको हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि बस्दैछ।  प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ। प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजको लागि संसद् अधिवेशन बोलाएकी हुन्। एक सांसद र पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रम...
विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो, संक्रमित कति ?

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो, संक्रमित कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ८ करोड ३० लाख नाघेको छ भने १८ लाख १० हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ८ करोड ३० लाख ३० हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १८ लाख १० हजार ६१० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १४ हजार ३९५को मृत्यु भएको हो । अहिलेसम्म ५ करोड ८८ लाख ४५ हजार ६४३ जना कोरोना मुक्त भएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ५० हजार ४२९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २ लाख २ ह...
५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य,उपत्यकामा ५०० भन्दा बढी संक्रमित

५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य,उपत्यकामा ५०० भन्दा बढी संक्रमित

मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाडौं, १४ पुस नेपालमा अब  काठमाडौंमा मात्र ५०० भन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा मंगलबार अपरान्हका  विवरणका अनुसार काठमाडौंमा २९४२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । संक्रमण शून्य रहेका जिल्लाहरुमा महोत्तरी, सर्लाही, सिराहा, मुगु र रुकुम पश्चिम रहेका छन् ।नेपाल मंगलबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८४० पुगेको छ भने ६ हजार २९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कतिपय जनस्वास्थ्य विज्ञहरुले सरकारले पछिल्लो समय परीक्षणको दर नै घटाएकोले पनि संक्रमितको संख्या तीव्ररुपमा घटेको तर्क गरिरहेका छन् ।...
पछिल्लो २४ घण्टामा मुलुकभर ८ जनाको कोरोनाको कारणा मृत्यु, कति पुगे संक्रमित?

पछिल्लो २४ घण्टामा मुलुकभर ८ जनाको कोरोनाको कारणा मृत्यु, कति पुगे संक्रमित?

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाडौं, पुस १४ नेपाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर छिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जनाको पीसीआर गरिएकामध्ये ७ सय ८ जनाको नतिजा पोजेटिभ आएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर ८ जनाको कोरोनाको कारणा मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । हालसम्म क्वारेन्टिनमा ३ सय ६५ जना छन् भने ६ हजार ३ सय ९६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।...
बेलायतबाट आएका पाँच जनामा नयाँ खालको कोरोना संक्रमण पुष्टि

बेलायतबाट आएका पाँच जनामा नयाँ खालको कोरोना संक्रमण पुष्टि

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ। ती मध्ये पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए। महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ। मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताए। ‘भाइरस परिवर्तन हुन्छन्। त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भा...
विश्वमा कोरोनाले १७ लाख  ५० हजारभन्दा बढीको मृत्यु

विश्वमा कोरोनाले १७ लाख ५० हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं, पुष १३ कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १७ लाख ५४ हजार ४९३ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।  विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ३९३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ९२ लाख ३२ हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ७७९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।...
कोरोनाबाट विदेशमा ३ सय १२ नेपालीहरुको मृत्यु , यस्तो छ पछिल्लो विवरण

कोरोनाबाट विदेशमा ३ सय १२ नेपालीहरुको मृत्यु , यस्तो छ पछिल्लो विवरण

मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ, पुस १३ । पछिल्लो समय विदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुने नेपालीको संख्या बढेको पाइएको छ । गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार विदेशमा कोरोना संक्रमित मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली संक्रमण मुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा।सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति नभएको बताए । उनका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । कोरोना भाइरसका कारण नेपालमा एक एक हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना स...
गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खाेप

गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खाेप

अन्तर्राष्ट्रिय, समाज, स्वास्थ्य
काठमाडौं, १२ पुस । काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ एनआरएनएले जनाएको छ ।बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् । यता, विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४।५ प्रतिशत कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार गत साता नाइजेरिया, इजिप्ट, साउदी अबर, कुवेतमा रहेका...
कोरोना प्रकोपः विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको भए

कोरोना प्रकोपः विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको भए

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, पुस ११ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ८ करोड १ लाख ९४ हजार नाघेको छ । चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा पुगेको छ । यस अवधिमा विश्वभर १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । बितेको २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको छ । यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ६० हजार २३० पुगेको हो । हाल विश्वमा २ करोड १९ लाख ७६ हजार ८५६ ...
थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ८९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४८ हजार २९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।...