Wednesday, April 24
Shadow

कोरोनाबाट विदेशमा ३ सय १२ नेपालीहरुको मृत्यु , यस्तो छ पछिल्लो विवरण


  • -इ
  • इ+

काठमाण्डौ, पुस १३ । पछिल्लो समय विदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुने नेपालीको संख्या बढेको पाइएको छ । गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार विदेशमा कोरोना संक्रमित मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली संक्रमण मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा।सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति नभएको बताए । उनका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण नेपालमा एक एक हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ । विदेशमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेका छन् ।

पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत नेपालीहरुले खोप लगाउन थालेका हुन् । हाल बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना विरुद्धको खोप लगाइरहेको संघले जनाएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares