Friday, April 26
Shadow

Tag: कोरोना

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २४ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको संख्या १९ लाख नाघेको छ । गएको २४ घण्टामा १४ हजारभन्दा बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १९ लाख ५ हजार नाघेको वल्डोमिटरले जनाएको छ । गएको २४ घण्टामा यो खबर तयार पार्दासम्म ७ लाख ९५ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमण पुष्टि हुनेको संख्या ८ करोड ४ लाख नाघेको छ । जसमध्ये ६ करोड ३५ लाख निको भएका छन् भने १९ लाख ५ हजारको मृत्यु भएको हो । अझै पनि २ करोड २९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ ।...
कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु, नेपालमा कति ?

कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु, नेपालमा कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौ, पुस २२ । कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु भएको छ । प्रेस एम्ब्लेम क्याम्पेन (पिइसी) ले विश्वभरि कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । उसले सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको उल्लेख गरेको हो । पिइसीले स्विट्जरल्यान्डको जेनेभाबाट प्रकाशित गरेको प्रतिवेदनमा मृतकमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेको जनाएको छ ।त्यसैगरी एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ । संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु समाचार संकलन तथा प्रसारणका लागि अग्रपङ्क्तिमा रहनुपर्ने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिन आग्रह समेत गरेको छ । पीईसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा फोटो तथ...
बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका

बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, पुस २२ । बेलायतबाट फर्केका तीन जनामा युके भेरिएन्ट ९बी ११७० कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरुको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवंशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो । कोरोना पोजेटिभ देखिएका उनीहरुबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी ११७ हुन सक्ने सम्भावना बढेको हो । यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पुर्‍याइसक्ने योजना बनाएको छ । बेलायतबाट फर्केका सातजनामा कोरोना पोजेटिभ देखिए पनि तीन जनामा मात्र एसजिन नेगेटिभ देखिएको हो ।...
कोरोना भाइरस : सुदूरपश्चिम प्रदेशमा नमूना सङ्कलन सुस्त

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेशमा नमूना सङ्कलन सुस्त

Uncategorized
  काठमाडौं, पुस २१ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन र परीक्षण सुस्त भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो हप्तामा कोभिड—१९ का शङ्कास्पद एक हजार ९२१ जनाको नमूना सङ्कलन भएको छ । सङ्कलित नमूनामध्ये यो अवधिमा दुई हजार ७४ जनाको नमूना परीक्षण हुँदा २७६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । एक महिनाअघि सम्म शङ्कास्पदको नमूना सङ्कलन गर्ने र परीक्षण हुने दर योभन्दा बढी थियो । दुई हजार ४९५ जना सक्रिय सङ्क्रमित पुगेकामा एक हप्तामा यो सङ्ख्या बढेर दुई हजार ६०१ पुगेको छ । विगतको तुलनामा निको हुने दर बढ्न सकेको छैन । सङ्क्रमण भई उपचार व्यवस्थापनमा रहेका मध्ये पछिल्लो हप्तामा १०६ जना मात्र उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले लक्षण देखिएका व्यक्ति र स...
बेलायतमा नयाँ कोरोना भाइरस तीव्र फैलिँदै, फेरि लकडाउन

बेलायतमा नयाँ कोरोना भाइरस तीव्र फैलिँदै, फेरि लकडाउन

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, पुस २१ । नयाँ स्वरुपको कोरोना भाइरस तीव्र रुपमा फैलिन नरोकिएपछि बेलायत सरकारले फेरि देशव्यापी लकडाउन घोषणा गरेको छ । सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा लकडाउन घोषणा गरेका हुन् । बेलायतमा देशव्यापी लकडाउन गरिएको यो तेस्रोपटक हो । पहिलो चरणमा गत वर्षको मार्च २३ बाट सुरु लकडाउन ३ महिनाभन्दा लामो समय कायम राखिएको थियो । दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो। डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो । नयाँ लकडाउन घोषणाका क्रममा प्रधानमन्त्री जोन्सनले अत्यावश्यक क्षेत्रमा कार्यरत ‘कि वर्कर’ र निर्माण क्षेत्रमा कार्यरत कामदारबाहेक अरु सबैलाई घरबाटै काम गर्न आह्वान गरेका छन् । खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको...
कोरोनाले बन्द सबै क्षेत्र खुला गरिँदै

कोरोनाले बन्द सबै क्षेत्र खुला गरिँदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २० । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति ९सीसीएमसी०ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। त्यसपछि चैतदेखि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका निर्णयहरूमा होटल व्यवसाय, यातायात, हवाई सेवालगायतका क्षेत्र खुला गरिए पनि शैक्षिक क्षेत्र, मनोरञ्जन, जिमखाना, पुस्तकालयलगायत क्षेत्र खुलाइएको थिएन। विद्यालयहरू चैतदेखि बन्द हुँदा विद्यार्थीको पढाइ करिब ९ महिना अन्योल भएको थियो। उपत्यकाका स्थानीय तहहरूले विद्यालय खुलाउन खोज्दा पनि जोखिमलाई ध्यानमा राखी रोक लगाइएको थियो। विद्यालय तथा अन्य मनोरञ्जनका क्षेत्...
कोरोना महामारीः विश्वमा एकैदिन ७ हजार संक्रमितको मृत्यु, १ लाख ६ हजारको स्वास्थ्य गम्भीर

कोरोना महामारीः विश्वमा एकैदिन ७ हजार संक्रमितको मृत्यु, १ लाख ६ हजारको स्वास्थ्य गम्भीर

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ, पुस २० । विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख ८९ हजार ४६२ पुगेको छ । सोमबार बिहानको तथ्याङ्क अनुसार २ करोड ३१ लाख ९५ हजार ७८५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख ६ हजार २२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वमा एकैदिन ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगेको छ ।६ करोड ४ लाख ४३ हजार ४६८ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकैदिन १ लाख ९२ हजार १०० संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ११ लाख ११ हजार २९१ पुगेको छ । एकैदिन १ हजार ३८७ जनाले ज्यान गुमाएपछि अमेरिकामा कोरोना संक्रमणब...
थप एक कोरोना संक्रमितको मृत्यु

थप एक कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १९ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ३ का ६६ वर्षीय पुरुष रहेका छन् । उनका अनुसार गत १८ गते पोजेटिभ नतिजा आई अस्पताल भर्ना भएका बिरामीको आइतवार बिहान अस्पतालको फिभर क्लिनिकमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।...
पाँच दिन लकडाउनको घोषणा

पाँच दिन लकडाउनको घोषणा

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाणडौं, पुष १९ कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि डोल्पामा पाँच दिन लकडाउनको घोषणा गरिएको छ। आइतबारदेखि पाँच दिन लकडाउन लगाइएको जिल्ला प्रशासन कार्यालय, डोल्पाले जनाएको छ। पुस २३ गतेसम्म सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगाड, उत्तरमा भेरी पारीको सम्पूर्ण बस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्रभित्र लकडाउन घोषणा गरिएको छ। यो अवधिमा बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट गर्न पाइनेछैन। लकडाउनमा पनि दैनिक उपभोग्य सामान खरिदका लागि समय तोकिएको छ। सदरमुकाम दुनै बजार क्षेत्रका खाद्यवस्तुलगायतका पसल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुला रहनेछन्। तर, होटल, रेस्टुरेन्ट, सैलुन, पुल हाउसजस्ता व्यवसाय पूर्ण रुपमा बन्द रहने छन्।...
कोरोना प्रकोप :  विश्वभर ५ करोड ९६ लाख संक्रमणमुक्त, १८ लाख ३४ हजारको मृत्यु

कोरोना प्रकोप : विश्वभर ५ करोड ९६ लाख संक्रमणमुक्त, १८ लाख ३४ हजारको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , पुस १८ । विश्वभरमा पाँच करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा पाँच करोड ९६ लाख १८ हजार दुई सय ४७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा आठ करोड ४३ लाख ४९ हजार पाँच सय २३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ लाख ३४ हजार तीन सय ५४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २८ लाख ९६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड २१ लाख ७२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ५६ हजार चार सय एक जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म एक करोड तीन लाख तीन हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९९ लाख एक हजारभन्दा बढी निको भएका छन् भने क...