
कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई बीस हजार राहत
पौष१८, काठमाडौं
बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना संक्रमणबाट ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन्।
आर्थिक वर्ष २०७८र८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् ।
‘कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ ,स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो, कोरोनाका कारण बेरोजगार भएर नेपाल आएकालाई सीमानाकाबाट घर ल्याउने, क्वारेन्टिनमा राख्ने, परीक्षण, औषधोपचार तथा निःशुल्क एम्बुलेन्स सेवासमेत दिएको थियो,’ काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले भने ।
गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोज...