Wednesday, January 27
Shadow

बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका


  • -इ
  • इ+

 

काठमाडौं, पुस २२ । बेलायतबाट फर्केका तीन जनामा युके भेरिएन्ट ९बी ११७० कोरोना भाइरस भएको आशंका गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरुको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवंशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो ।

कोरोना पोजेटिभ देखिएका उनीहरुबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी ११७ हुन सक्ने सम्भावना बढेको हो । यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पुर्‍याइसक्ने योजना बनाएको छ ।

बेलायतबाट फर्केका सातजनामा कोरोना पोजेटिभ देखिए पनि तीन जनामा मात्र एसजिन नेगेटिभ देखिएको हो ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्