Tuesday, May 7
Shadow

Tag: कोरोना

कोरोना महामारी: विश्वमा मृत्यु हुनेको संख्या २० लाख ६६ हजार नाघ्यो

कोरोना महामारी: विश्वमा मृत्यु हुनेको संख्या २० लाख ६६ हजार नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौं , माघ ९ । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख ६६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख ६६ हजार १७६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५६९ कोरोना संक्रमितको मृत्यु भएको छ ।कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ५६ लाख १२ हजार ८३१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख १० हजार ४१३ संक्रमित थपिएका छन् ।...
डब्लूएचओद्वारा १३ देश कोरोनामुक्त भएको घोषणा

डब्लूएचओद्वारा १३ देश कोरोनामुक्त भएको घोषणा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ६ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आफ्नो साप्ताहिक रिपोर्टमार्फत विश्वका १३ देश र टापु कोरोनामुक्त भइसकेको घोषणा गरेको छ । विश्वका धेरै देशमा कोरोना संक्रमण रोकथामका लागि खोप लगाउन शुरु भइसकेको छ । तर त्यहाँ सावधानी अझै आवश्यक छ । कोरोनमुक्त भएका देश कुन–कुन भन्ने चाहिँ समाचारमा उल्लेख गरिएको छैन । तर चिन्ताको विषय के हो भने विश्वका १३१ मुलुकमा कोरोना संक्रमण समुदायस्तरमा फैलिरहेको छ । जसमा अमेरिका, पाकिस्तान, ब्राजिल, फ्रान्सजस्ता ठूला देश पर्छन् । भारत अहिलेसम्म क्लस्टर तहसम्म संक्रमण फैलिएको मुलुकमा पर्छ । यसको अर्थ अब भारतमा पनि समुदायस्तमा संक्रमण फैलिने चरणमा छ । एजेन्सी...
नेपालमा तीन जनामा नयाँ कोरोना पुष्टि भएपछि विज्ञहरूद्वारा सजग रहन आग्रह

नेपालमा तीन जनामा नयाँ कोरोना पुष्टि भएपछि विज्ञहरूद्वारा सजग रहन आग्रह

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ , माघ ६ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबाट तीन जना संक्रमित भएको पुष्टि भएपछि विज्ञहरूले थप स्वास्थ्य सतर्कतामा जोड दिएका छन् । नेपालमा सोमबार २८ वर्षीया एक महिला तथा ६७ र ३२ वर्षीय दुई पुरुषलाई नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। पौडेलले पछिल्लो समय विदेशबाट आउनेहरू कडा क्वारेन्टाइनमा बस्न आवश्यक रहेको बताए । ‘हाल मुलुकमा कोभिडको केस घट्दो देखिए पनि जनस्वास्थ्य मापदण्ड पहिलेभन्दा पनि कडाइका साथ पालना गर्नुपर्ने भएको छ,’ उनले भने । वरिष्ठ जनस्वास्थ्यविद् डा...
नयाँ कोरोना भाइरसले २०२१ झन् कठिन हुनेछ :  डब्लूएचओ

नयाँ कोरोना भाइरसले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ ।नयाँ प्रकारको भाइरसले अन्य प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ । नयाँ भाइरसमा देखिएको उत्परिवर्तनले यसका महत्त्वपूर्ण भागमा आमूल परिवर्तन ल्याइदिएको छ ।...
कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, माघ २ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको हो । शुक्रबार बिहानसम्मको तथ्यांकानुसार २० लाख १ हजार २०९ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१४ प्रतिशत हो ।पछिल्लो २४ घण्टामा ७ लाख ४७ हजार ३१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख नाघेको हो । शुक्रबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ३५ लाख ७ हजार ९४२ पुगेको छ । यसमध्ये ६ करोड ६७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ४०४ जना निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ९७ लाख ८७८ पुगेको छ । कुल संक्रमितको २६...
कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम , एकैदिन विश्वभर १६ हजारभन्दा बढीको मृत्यु

कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम , एकैदिन विश्वभर १६ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौँ, माघ १ । विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यसअघि बुधबार ९२९ पुसमा० १६ हजार १ जनाको मृत्यु भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् ।बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ८५ हजार ३९२ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड २७ लाख ४६ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित २ करोड ४४ लाख ८४ हजार ६०७ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ६२ लाख ७६ हजार २३९ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाए...
भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, पुस २९ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ ।संक्रमित मूलुकको सूचीमा भारत अमेरिकापछि दोस्रो नम्बरमा छ । बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो । अहिलेसम्म भारतमा १ लाख ५१ हजार ५४२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १७८ संक्रमितको मृत्यु भएको छ । अहिले २ लाख १६ हजार ३५६ मा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर छ । अहिलेसम्म भारतमा १ करोड १ लाख २६ हजार ९१३ ले कोरोनालाई जितेका छन् ।  ...
कोरोना संक्रमितको संख्या विश्वमा ८ करोड ९० लाख नाघ्यो, कतिले गुमाए ज्यान ?

कोरोना संक्रमितको संख्या विश्वमा ८ करोड ९० लाख नाघ्यो, कतिले गुमाए ज्यान ?

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं , पुस २८। विश्वभर कोरोना संक्रमितको कूल संख्या ८ करोड ९० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ८ करोड ९० लाख ४८ हजार ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ६० हजार ९९३ संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ३० हजार २६५ पुगेको छ ।...
कोरोना प्रकोपः विश्वभर संक्रमितको संख्या ९ करोड नाघ्यो, अहिलेसम्म कतिले ज्यान गुमाए?

कोरोना प्रकोपः विश्वभर संक्रमितको संख्या ९ करोड नाघ्यो, अहिलेसम्म कतिले ज्यान गुमाए?

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २७ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या नौ करोड नाघेको छ।वल्र्डओमिटरले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ६ लाख ७५ हजार ९ सय ८ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। विश्वभर अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ५ सय ४५ पुगेको छ। यो सोमबार बिहान ७ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा छ। त्यहाँ दुई करोड २९ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। मृत्यु पनि अमेरिकामै सबैभन्दा धेरै छ। त्यहाँ ३ लाख ८३ हजार भन्दा धेरैले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। दोस्रो स्थानमा रहेको भारतमा एक करोड ४६ लाख ७४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या भने अमेरिकापछि ब्राजिल...
कोरोनाबाट जोगाउनका लागि थप दुई जीवनरक्षक औषधि भेटिए

कोरोनाबाट जोगाउनका लागि थप दुई जीवनरक्षक औषधि भेटिए

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, पुस २४ । कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधि भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० को इन्टेन्सिव केयर युनिट (आइसीयू) मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधि खोपमार्फत् दिइने र उपचार गरिएका हरेक १२ जनामध्ये थप एक जनाको ज्यान बचाउन सक्ने दाबी गरेका छन् । विशेषज्ञले यी औषधि बेलायतमा पहिलेदेखि नै उपलब्ध भएकोले यसको तुरुन्त प्रयोग गरेर सयौंको ज्यान बचाउन सकिने बताएका छन् । बेलायतको अस्पतालमा ३० हजारभन्दा बढी कोरोनाका बिरामी छन् । यो आँकडा गत वर्ष अप्रिलको तुलनामा ३९ प्रतिशत बढी छ । बेलायत सरकारले औषधि निर्माता कम्पनीसँग बेलायतमा बिरामीका लागि टोसिलुजमेब र सरिलुमेब औषधी उपलब्ध रहोस् भनेर लगातार सम्पर्क स्थाप...