Thursday, April 25
Shadow

बेलायतमा नयाँ कोरोना भाइरस तीव्र फैलिँदै, फेरि लकडाउन


  • -इ
  • इ+

 

काठमाडौं, पुस २१ । नयाँ स्वरुपको कोरोना भाइरस तीव्र रुपमा फैलिन नरोकिएपछि बेलायत सरकारले फेरि देशव्यापी लकडाउन घोषणा गरेको छ ।

सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा लकडाउन घोषणा गरेका हुन् । बेलायतमा देशव्यापी लकडाउन गरिएको यो तेस्रोपटक हो ।

पहिलो चरणमा गत वर्षको मार्च २३ बाट सुरु लकडाउन ३ महिनाभन्दा लामो समय कायम राखिएको थियो । दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो। डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो ।

नयाँ लकडाउन घोषणाका क्रममा प्रधानमन्त्री जोन्सनले अत्यावश्यक क्षेत्रमा कार्यरत ‘कि वर्कर’ र निर्माण क्षेत्रमा कार्यरत कामदारबाहेक अरु सबैलाई घरबाटै काम गर्न आह्वान गरेका छन् ।

खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको सहयोग गर्न, उपचार वा कोभिड परीक्षण गर्न बाहेकका अवस्थामा घर नछोड्न प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

मंगलबारदेखि नै स्कुल, कलेजहरु बन्द गरी सबै कक्षा अनलाइनमा सिमित गरिने उनले घोषणा गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares