Sunday, May 5
Shadow

कोरोना प्रकोप : विश्वभर ५ करोड ९६ लाख संक्रमणमुक्त, १८ लाख ३४ हजारको मृत्यु


  • -इ
  • इ+

काठमाडौं , पुस १८ । विश्वभरमा पाँच करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा पाँच करोड ९६ लाख १८ हजार दुई सय ४७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा आठ करोड ४३ लाख ४९ हजार पाँच सय २३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ लाख ३४ हजार तीन सय ५४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २८ लाख ९६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड २१ लाख ७२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ५६ हजार चार सय एक जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड तीन लाख तीन हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९९ लाख एक हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४९ हजार दुई सय पाँच जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ६१ हजार १९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५३ हजार एक सय सात जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार आठ सय ६४ जनाले ज्यान गुमाइसकेका छन्

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares