Saturday, April 20
Shadow

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो


  • -इ
  • इ+

काठमाडौँ, पुस २९ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ ।संक्रमित मूलुकको सूचीमा भारत अमेरिकापछि दोस्रो नम्बरमा छ ।

बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो ।

अहिलेसम्म भारतमा १ लाख ५१ हजार ५४२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १७८ संक्रमितको मृत्यु भएको छ ।

अहिले २ लाख १६ हजार ३५६ मा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर छ । अहिलेसम्म भारतमा १ करोड १ लाख २६ हजार ९१३ ले कोरोनालाई जितेका छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares