Sunday, April 28
Shadow

Tag: कोरोना

खोपको प्रभावकारिता ७८ प्रतिशत:  ढुक्क भएर लगाउन आग्रह

खोपको प्रभावकारिता ७८ प्रतिशत: ढुक्क भएर लगाउन आग्रह

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ , फागुन ३ । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरे । उनले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड दिँदै खोप लगाउँदा सामान्य असर देखिएपनि त्यो असर विस्तारै आफैँ हराएर जाने बताए । उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन थालिएको भन्दै पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिमा खोप लगाउँदा ८३ प्रतिशतलाई समेट्न सकिएको जानकारी दिए । सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा कोभ...
नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन ३ । कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ । भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं फर्किएका थिए । उनीहरुसँगै सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबै व्यक्तिहरुमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भएको आंशंका गरिएको महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेल भन्छन्, ‘केही व्यक्तिहरुमा नयाँ प्रजातिको आंशका गरिएको भए पनि जिन सिक्वेन्सी जाँच भने गरिएको छैन । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहर...
कोरोनाबाट विदेशमा थप २ जना नेपालीको मृत्यु

कोरोनाबाट विदेशमा थप २ जना नेपालीको मृत्यु

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा २ जनाको संक्रमणबाट मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३ सय ३५ जना पुगेको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १ सय २१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ५७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्र...
विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं , माघ २९ । विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार ४४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० हजार ७०२ जनाको मृत्यु भएको छ ।...
कोरोनाका कारण मृत्यु हुनेको संख्या घट्दै, आज पनि मृत्यु शून्य

कोरोनाका कारण मृत्यु हुनेको संख्या घट्दै, आज पनि मृत्यु शून्य

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं ,माघ २८ । कोरोना भाइरस (कोभिड-१९) का कारण यो महिना तेस्रोपटक शून्य मृत्यु भएको छ । बुधबार भएको शून्य मृत्यु माघ महिनामा भएको तेस्रो शून्य मृत्यु हो । मंगलबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको थियो । विगत चौबीस घण्टामा तीन हजार ५६७ जनाको पीसीआर परीक्षण गरिएकामा १३४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ । त्यस्तै गएको चौबीस घण्टामा ११८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ । हाल क्वारेन्टिनमा ८८ जना छन् भने आइसोलेसनमा एक हजार ७५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
सिरहामा कोरोना सङ्क्रमण शून्यमा झर्‍यो

सिरहामा कोरोना सङ्क्रमण शून्यमा झर्‍यो

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २४ । सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सङ्क्रमण फैलिएको ११ महिनापछि सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । सिरहामा कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ । जिल्लामा कोरोना सङ्क्रमण शून्यमा झरे पनि जोखिम अझै कायम रहेको छ । यसकारण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्न प्रमुख यादवले सुझाव दिएका छन् ।...
कोरोना महामारीः विश्वभर ७ करोड ७६ लाखले जिते , मृत्यु कति ?

कोरोना महामारीः विश्वभर ७ करोड ७६ लाखले जिते , मृत्यु कति ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २४ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ५८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ५८ लाख ८४ हजार ४२५ नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ७ करोड ७६ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६३३ जना निको भएका छन् । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५९ लाख २३ हजार ९०० छ । यसमध्ये १ लाख ५ हजार ९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९४८ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ७ हजार १२८ पुगेको छ ।...
कोरोनाबाट विश्वमा २२ लाख ६२ हजार बढीको मृत्यु, १० करोड ४३ लाख संक्रमित

कोरोनाबाट विश्वमा २२ लाख ६२ हजार बढीको मृत्यु, १० करोड ४३ लाख संक्रमित

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, माघ २१ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४३ लाख ७८ हजार ६५७ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार अहिलेसम्म २२ लाख ६२ हजार ८४ संक्रमितले ज्यान गुमाएका छन् । संक्रमित २ करोड ५८ लाख ८३ हजार ३९५ जनामा सक्रिय संक्रमण छ भने ७ करोड ६२ लाख ३३ हजार १७८ जनाले कोरोनालाई जितेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ९४५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या २ करोड ७० लाख २७ हजार ३४७ पुगेको छ। अहिलेसम्म अमेरिकामा ४ लाख ५७ हजार ८५६ जना संक्रमितको ज्यान गएको छ । १ करोड ६७ लाख ५० हजार ४२२ जना निको भएका छन् भने ९८ लाख १९ हजार ६९ जनामा सक्रिय संक्रमण छ । विभिन्न अस्पतालमा उपचाररत सक्रिय संक्रमितमध्ये २३ हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।...
कोरोनाबाट विश्वभर २२ लाख ४६ हजारको मृत्यु, संक्रमित कति ?

कोरोनाबाट विश्वभर २२ लाख ४६ हजारको मृत्यु, संक्रमित कति ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, माघ २० । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या २२ लाख ४६ हजार पुगेको छ । गत २४ घण्टामा झण्डै ९ हजार संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २२ लाख ४६ हजार ७ सय ७३ पुगेको हो । एकै दिन ३ लाख ७७ हजार कोरोना संक्रमित थपिएका छन् । विश्वभर कूल संक्रमितको संख्या १० करोड ३९ लाख नाघेको छ । जसमध्ये ७ करोड ५६ लाख ७० हजार जना संक्रमणमुक्त भइसकेका वल्डोमिटरले जनाएको छ ।...
कोरोनाबाट आज ७ को मृत्यु, ३०२ संक्रमित थपिए, ४८० जना संक्रमणमुक्त

कोरोनाबाट आज ७ को मृत्यु, ३०२ संक्रमित थपिए, ४८० जना संक्रमणमुक्त

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ । पछिल्लो २४ घण्टामा थप ४८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६३ हजार ३४८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।...