काठमाडौं, माघ २४ । सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सङ्क्रमण फैलिएको ११ महिनापछि सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । सिरहामा कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।
केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ ।
जिल्लामा कोरोना सङ्क्रमण शून्यमा झरे पनि जोखिम अझै कायम रहेको छ । यसकारण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्न प्रमुख यादवले सुझाव दिएका छन् ।